भुटाहा,। सुनसरीको हरिनगर गाउँपालिकाले मुस्लिम धर्मावलम्बीहरुको महान चाड ईद उल फित्र (ईद) को अवसरमा शुक्रबार सार्वजनिक बिदा दिएको छ ।
हरिनगर गाउँपालिकाले बैशाख ३१ गते शुक्रबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । गाउँपालिकाले विहिवार एक विज्ञप्ति जारी गर्दै यस गाउँपालिका मातहतका कार्यालय, शाखा कार्यालयहरु, संघ संस्था, बैंक तथा वितिय संस्थाहरु लगायतका सम्पूर्णलाई सार्वजनिक विदा दिएको विज्ञप्तिमा उल्लेख छ।
साथै हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले सम्पूर्ण नेपाली तथा हरिनगरवासीहरुलाई यस गाउँपालिकाको तर्फबाट तथा मेरो व्यक्तिगत तर्फबाट ईद उल फित्र (ईद) को शुभकामना तथा ईद मुबारक व्यक्त गर्दै सम्पूर्ण ईस्लाम धर्मावलम्बीहरुलाई घरमै बसी ईद पर्व मनाउनहुनुन समेत अनुरोध गरेको छ।