इनरुवा । सदरमुकाम इनरुवामा लामो समयअघिदेखी सामाजिक कार्यमा भूमिका निर्वाह गर्दै आएका सामाजिक अभियन्ता रोहित निरौलाले कोरोना जोखिम निर्मलीकरण हेतु नेपाल पत्रकार महासंघ सुनसरी शाखालाई स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराएका छन् ।
जिल्लाभरीका अग्रपंक्तीमा काम गर्ने सञ्चारकर्मीहरुका लागि उनले मास्क, सेनिटाइजर, हयाण्ड वास, फेस शिल्ड, स्प्रे लगायतका बिभिन्न सामग्री एक अनौपचारिक कार्यक्रमबीच नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईलाई हस्तान्तरण गरेका हुन् ।
सो हस्तान्तरण कार्यक्रममा निरौलाले समाजप्रति आफनो समेत जिम्मेवारी रहेकोले सूचनाका सम्वाहकका रुपमा जोखिम मोलेर भएपनि जनतामाझ सूचना पु¥याउने संचारकर्मीहरुका लागि आफूले स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराएको बताए ।
कार्यक्रममा निरौलाले इनरुवा क्षेत्रमा संचालित बिभिन्न संचार उधोगलाई समेत स्वास्थ्य सामग्री उपलब्ध गराएका थिए । यस अघि निरौलाले जिल्ला प्रहरी कार्यालय सुनसरीलाई समेत स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराएको थियो ।
निरौलाले ३० वटा ७५० एमएलको सेनिटाइजर, ४० वटा २५० एमएलको सेनिटाइजर, तीन हजार मास्क, ४० वटा फेस शिल्ड, ४० वटा डिटोल हयाण्ड वास, ५ वटा स्प्रे र ३० वटा एन नाइटी फाइब मास्क नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष राई र सचिव ध्रुव ढकाललाई हस्तान्तरण गरेका थिए ।
नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष राई र सचिव ढकालले कोरोनाको जोखिम बेला स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराएकोमा सामाजिक अभियन्ता निरौलालाई धन्यवाद समेत व्यक्त गरेका छन् ।