इनरुवा । राष्ट्रपति र प्रधानमन्त्रीले संसद विघठन गर्नु दुर्भाग्यपूर्ण भएको १ नम्वर प्रदेशका प्रमुख प्रतिपक्षीदलका नेता राजीव कोइरालले बताउनुभएको छ ।
नेपाली कांग्रेस सुनसरीका सभापति समेत रहेका नेता कोइरालाले शनिबार सुनसरी अनलाइनसँग कुराकानी गर्दै राष्ट्रपति र प्रधानमन्त्रीले मध्यरातमा गरेको संसद विघटन देश र जनताको लागि दुर्भाग्यपूर्ण भएको बताउनुभएको हो । राष्ट्रपति र प्रधानमन्त्रीले मिलेमतोमा मध्यरातमा गरेको सार्वभौम संसदको विघठन मुलुक र आम नेपाली जनताका लागि दुर्भाग्यपूर्ण रहेको नेता कोरालाले बताउनुभयो ।
अहिले देश र जनता विश्वब्यापी रुपमा फैलिएको कोरोना महामारीको चपेटामा परेका बेला जनतालाई झुक्याएर राष्ट्रपति र प्रधानमन्त्रीले मिलेमतोमा गरेको संसद विघठन दुर्भाग्यपूर्ण भएको उहाँको भनाई छ ।
कोरोनाको महामारीमा उपचार र अक्सिजन नपाएर जनता मरिरहेको समयमा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्या भण्डारीले संसद विघटन गरेर तमासा गरेको भन्दै नेता कोइरालाले आक्रोस समेत व्यक्त गर्नुभयो ।
कोरोना महामारीका बेलामा जनतालाई प्राणवायु अक्सिजन, अस्पतालमा अभाव, सिटामोल अभाव भएको बेलामा संसद विघठन गरेर चुनाव घोषणा गर्ने समय नभएको नेता कोइरालाले दाबी गर्नुभयो ।
कोरोना महामारीको संकट विरुद्द लड्न राष्ट्रिय सहमति जुटाएर जनताको जीवन बचाउन एकजुट भएर लाग्नुपर्नेमा प्रधानमन्त्री ओलीले देशलाई अनिश्चितताको बाटोमा धकेल्ने कार्य गरेको नेता कोइरालले दाबी गर्नुभयो ।
जनताले अहिलेको कोरोना महामारीबाट बच्नका लागि भ्याक्सिन खोजिरहेको समयमा प्रधानमन्त्रीले जनताको आशा र भरोशामा कुठाराघात गरेको भन्दै नेता कोइरालले प्रधानमन्त्री र राष्ट्रपतिको कदमले आम नेपाली जनतालाई लोकतन्त्र, गणतन्त्रप्रति नै वितृष्णा उत्पन्न गराउने कार्य भएको दाबी गर्नुभयो ।