काठमाडौं । आगामी कात्तिक २६ र मंसिर ३ गते प्रतिनिधिसभाको निर्वाचन सिफारिस गरीएको छ । बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले आगामी कात्तिक २६ र मंसिर ३ गते प्रतिनिधिसभा निर्वाचन गर्ने निर्णय राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
संविधानको धारा ७६ को उपधारा ३ बमोजिम सरकार गठन हुन नसकेपछि संवैधानिक रुपमै प्रतिनिधिसभा भंग भएको भन्दै प्रतिनिधिसभा निर्वाचनमा जाने निर्णय भएको सरकारका प्रवक्ता सूचना तथा सञ्चार मन्त्री पार्वत गुरुङले बताएका छन् ।
राष्ट्रपतिबाट केपी शर्मा ओली र शेरवहादुर देउवा दुवै जनाको वहुमतको आधार नदेखिएको भन्दै प्रधानमन्त्रीमा नियुक्त गर्न नमिल्ने विज्ञप्ति जारी गरेपछि बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले प्रतिनिधिसभा भंग गरी नयाँ निर्वाचनको मिति तोकेको छ ।