दुहबी । पूर्वराज्यमन्त्री तथा फरवार्ड माइक्रो फाइनान्सकी अध्यक्ष भगवती चौधरीले कोशी प्रादेशिक अस्पताल बिराटनगर मोरङलाई ९ थान अक्सिजन सिलिण्डर हस्तान्तरण गर्नुभएको छ ।
एमाले नेतृ भगवती चौधरीले कोशी प्रदेशिक अस्पतालका प्रशासन प्रमुख नवराज लुईटेललाई ९ थान ठूला ४७ ली. वाला अक्सिजन सिलिंडर हस्तान्तरण गर्नुभएको हो । उनले हाम्रो सानो सहयोगले कसैको अक्सिजन नपाएर छटपटिएर मृत्यु हुनबाट जोगिनका लागि सानो प्रयासको थालनीको सुरुवातका लागि हातेमालो गरेकी अध्यक्ष चौधरीले बताउनुभयो ।
अक्सिजन सिलिण्डर हस्तान्तरण गर्दै चौधरीले ‘फाइनासले सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर कोभिडको महामारीको समयमा संक्रमितको उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले अक्सिजन सिलिण्डर हस्तान्तरण गरिएको बताउनुभयो ।
फरवार्ड माइक्रो फाइनान्सकी अध्यक्ष भगवती चौधरीले केही दिन अगाडी विपि प्रतिष्ठान धरानलाई ५० थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरिसक्नु भएको थियो ।
विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको दोस्रो भेरियन्टका कारण देशभर सङ्क्रमण फैलिएको र उपचार एवं अक्सिजनको अभाव भई सिर्जना भएको विषम परिस्थिति र आम जनसमुदायको स्वास्थ्यमा पर्न गएको असरलाई मध्यनजर गरी, मानवीय क्षति रोकथाम तथा सङ्क्रमणदर नियन्त्रण गर्न आफ्नो प्रयास जारी राख्ने चौधरीले बताउनुभयो । ज्यान गुमाएको व्यक्तिहरुप्रति दुःख्य व्यक्त गर्दै उनीहरुप्रति हार्दिक श्रद्धाञ्जली समेत व्यक्त गर्नुभएको थियो ।