बराहक्षेत्र । बराहक्षेत्र नगरपालिकामा नेपाली कांग्रेस वराहक्षेत्रको टोली पोष्टिक तत्ब बोकेर सक्रमितलाई भेट्न शनिबार आइसोलेशन पुगेको छ । यस अगाडि सोमबार पनि सोही टोलि आइसोलेशनमा पुगेर सक्रमितको स्वास्थ्य अवस्था बारे जानकारी लिएको थियो ।
गत सोमबारदेखि अभियानको रुपमा सक्रमितको घर–घर पुगेर सेनिटाइज र पोष्टिय युक्त समाग्री बितरण गर्दै आएको टोलीले वराहक्षेत्र ७ स्थिति सप्तकोशि बहुमुखी क्याम्पसमा नगरपालिकाले तयार पारेको आइसोलेशनमा पुगेर १२ जना सक्रमितहरुलाई जेवनप्रास, स्याउ , सेनिटाइजर र माक्स बितरण गरेको अभियानका संयोजक रमेश कार्कीले बताए । यस अगाडि गत सोमवार आइसोलेशनमा पुगेर ८ जना सक्रमितलाई जेवनप्रास, स्याउ , सेनिटाइजर र माक्स बितरण गरेको थियो ।
कोरोना नियन्त्रण गर्न नेपाली कांग्रेस वराहक्षेत्रका नेताहरु व्यवस्थापन तथा परिचालन समिति नै गठन गरेर लागि परेका छन् । नगर भित्रका स्वास्थ्य संस्था , प्रहरी कार्यालय, सार्बजनिक स्थान लगाएत ६ दिनमा १ सय भन्दा बढि सक्रमितको घर–घरमा पुगेर सेनिटाइज समेत गरेको र यो अभियनानलाई निरन्तरता दिने अभियानका सदस्य सन्तकुमार राईले बताए ।
गत सोमवार नेपाली कांग्रेसका क्षेत्र नं ४ सचिब रमेश कार्की संयोजक , नेपाली कांग्रेस किरात राई संघ सुनसरी सभापति सन्तकुमार राई , नेपाली कांग्रेस वराहक्षेत्र नगर सह–सभापति रत्न राउत लगाएत वडामा रहेका महासमिति, जिल्ला सदस्य , क्षेत्रिय सदस्य , भातृ संघ सभापति , वडा कार्य समितिका सभापति , पदाधिकारी सदस्य रहेने गरि नेपाली कांग्रेसले कोरोना नियन्त्रण व्यवस्थापन तथा परिचालन समिति गठन गरेको थियो ।
अभियानले गरिब , बिपन्न, मजदुर , जेष्ठ नागरिकलाई केन्द्रीय गरेर निशुल्क ऐम्बुलेन्स समेतको व्यवस्था मिलाएको छ । ऐम्बुलेन्स चाहिए संयोजक रमेश कार्कीको ९८०४३२०२९७ र सदस्य सन्तकुमार राई ९८२७०४२५०८ को नम्बरमा फोन सम्पर्क गर्न सक्नुहुनेछ ।
बराहक्षेत्रमा हाल सम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको सख्या ७ पुगेको छ । भने १ सय ९६ भन्दा बढि सक्रमित भएका छन् जसमा । ४१ जना कोरोना जित्न सफल छन ।