संगम बिष्ट
चतरा । नेपाली कांग्रेस वराहक्षेत्रका नेताहरुले भरौलमा रहेको जोखिम क्षेत्र सेनिटाइज गरेका छन् ।
शुक्रबार, शनिबार र आइतबार गरि ३ दिन वराहक्षेत्र नगरपालिकाको ३,४ र ५ ९साबिक भरौल गाबिस० सेनिटाइज गरिएको हो । टोलीले वडाहरुमा रहेका संक्रमितको घर सेनिटाइज र संक्रमितहरुलाई भेटेर हौसला प्रदान समेत गरेको थियो।
गत सोमबार देखि अभियानको रुपमा सक्रिय नेपाली कांग्रेस वराहक्षेत्रको टोलीले भरौलका नेपाली कांग्रेसका वडा सभापतीसंग समन्वय गरेर सक्रमण फैलन नदिने उदेश्यले सेनिटाइज गरिएको अभियानकी अभियान्ता नेपाली कांग्रेस महा( समिति सदस्य अनु गुरुङले बताईन ।
यस अगाडि अभियान अन्तर्गत वराहक्षेत्र ६,७ र ८ वडामा सक्रमितको घर ( घर पुगेर कोरोना नियन्त्रण गर्ने कार्यमा लागि रहेको टोलीले वराहक्षेत्र वडा नं १ मा तीन वटा सक्रमितको घर , प्रहरी कार्यलय , सार्वजनिक स्थान त्यस्तै वडा नं २ को ३० जना संक्रमितको घर , स्वास्थ्य केन्द्र , सार्वजनिक स्थानमा सेनिटाइज गरिएको थियो ।
नेपाली कांग्रेस वराहक्षेत्रका नेताहरुले कोरोना नियन्त्रण व्यवस्थापन तथा परिचालन समिति नै गठन गरि गत सोमबार देखि नगर भित्र रहेका सक्रमितको घर घरमा पुग्न सुरु गरेका थिए । संक्रमितको घर(घरमा पुगेर कोरोना सक्रमण बाट बँच्न चेतना फैलाउदै सक्रमितको घरमा सेनिटाइज गर्न अभियान अन्तर्गत शुक्रबार वराहक्षेत्र ३,४ र ५ नम्बरको वडामा रहेका सक्रमितको घरमा पुगेर सेनिटाइज ,हौसला प्रधान गरिएको थियो भने सार्वजनिक स्थान , प्रहरी चौकि, स्वास्थ्य चौकिमा समेत सेनिटाइज गरेको अभियानका संयोजक नेपाली कांग्रेस क्षेत्र नं ४ सचिब रमेश कार्कीले बताए ।
महामहारीलाई नियन्त्रण गर्न सरकारको मात्रै मुख ताक्ने हो भने समुदायमा संक्रमण झनै फैलने खतरा रहेको र हाल सम्म स्थानिय सरकारले कुनै किसिमको कोरोना नियन्त्रण गर्ने कार्यक्रम अगाडि नसारेकाले कांग्रेसले अभियान थालेको संयोजक कार्की बताउछन् ।
कोरोना महामाहारीको सकटले सिङगो देश यतिबेला अस्तव्यस्थ बनेको छ । तर सरकार भने सत्ता टिकाउने र कुर्सी बचाउने खेलमा लागेपछि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस तमासा हेर्नु भन्दा पनि आफ्नो ठाउबाट सक्ने सहयोग गर्दै समुदाय जोगाउने अभियानमा लागि परेको र सोही अभियान अनुसार भरौल क्षेत्रमा सेनिटाइज गरिएको अभियानका सदस्य नेपाली कांग्रेस किरात राई संघ सुनसरी सदस्य सन्तकुमार राई बताउछन् ।
अभियानले गरिब , बिपन्न, मजदुर , जेष्ठ नागरिकलाई केन्द्रीय गरेर निशुल्क एम्बुलेन्स समेतको व्यवस्था गरि दिएको छ । एम्बुलेन्स चाहिए संयोजक रमेश कार्कीको ९८०४३२०२९७ र सदस्य सन्तकुमार राई ९८२७०४२५०८ को नम्बरमा फोन सम्पर्क गर्न सक्नुहुनेछ ।
बराहक्षेत्रमा हाल सम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको सख्या ८ पुगेको छ । कोरोना संक्रमितको संख्या २ सय ६ जना पुगेको छ । संक्रमितभएकामध्ये ४१ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या १५७ पुगेको छ ।