हरिनगर । हरिनगर गाउँपालिका वडा नम्बर ६ घुस्की बजारमा गोल चौकको निर्माण सहित राष्ट्रिय झण्डा फहराएका छन् । बजार व्यवस्थापन समिति घुस्कीले बजारको मुख्य चौकमा राष्ट्रिय झण्डा फहराएको हो ।
हरिनगर–६ घुस्की बजारको मुख्य चौक नजिकै रहेको त्रिकोण बाटोमा राष्ट्रिय झण्डा फहराएको बजार व्यवस्थापन समितिका अध्यक्ष जहागिर अन्सारीले बताए ।
अन्सारीका अनुसार बजार व्यवस्थापन गर्नका लागि नयाँ रणनीति सहित योजनाहरु भएपनि लकडाउनका कारण कार्यान्वयन गर्न नसकेको हो । बजार क्षेत्रमा सरसफाई सहित बाटो फराकिलो बनाउने योजनालाई कार्यान्वयन गर्न आफू तयार रहेपनि कोरोना भाइरसका कारण काम गर्न नसकेकोले तत्काल बजार क्षेत्रको मुख्य चौकमा राष्ट्रिय झण्डा फहराएको उनको भनाई छ ।
घुस्की बजारमा घण्टाघर बनाउने मुख्य योजना रहेको उनले बताउँदै कोरोना भाइरस समुदाय स्तरमा पनि जोखिम बढ्दै गएको बेला अहिले केही गर्न नसकेको उनले बताए । हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीसँग समन्वय गरेकोले यस क्षेत्रमा घण्टाघरको आवश्यकतालाई पूरा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
हरिनगरको सीमावर्ती क्षेत्रमा घुस्कीको पहिचानलाई कायम गर्न घण्टाघरले परिचय दिने यस क्षेत्रका जनता आफनै ठाउँमा व्यवसाय गरेर जिविकोपार्जन गर्ने समेत उनले बताए ।