इनरुवा । राष्ट्रिय युवा संघ नेपालले सुनसरीका सशस्त्र प्रहरीलाई स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराएको छ । कोरोना रोकथाम र नियन्त्रण गर्न सशस्त्र प्रहरी फ्रन्ट लाइनमा रहेर जनताको सुरक्षाको लागि अहोरात्र खटेको हुनाले युवा संघ नेपालले बिभिन्न स्वास्थ्य सुरक्षाका सामग्री सहित सुनसरीका सशस्त्र प्रहरीलाई उपलब्ध गराएको हो ।
सशस्त्र प्रहरीले आफनो ज्यानको प्रवाह नगरीकन कोरोना महामारीको बेला फ्रन्ट लाइनमा रहेर काम गर्दै आएको हुनाले राष्ट्रिय युवा संघ नेपालका पदाधिकारीहरुले सशस्त्र प्रहरीलाई बिभिन्न स्वास्थ्य सुरक्षाका सामग्री सहित उपलब्ध गराएको बताइएको छ ।
राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य जिनियस निरौला, सुनसरि नम्बर ४ ख का संयोजक धिरज बर्मा , २ का सह–संयोजक हरि निरौला र बिजय राईको सहयोगमा एक हजार पाँच सय मास्क, ६ जार सेनिटाइजर, ५० पिस फेस सिल्ड, दुई कार्टुन हयाल्ड वास र एक कार्टुन गोल्भस सुनसरीका सशस्त्र प्रहरी उपरीक्षक माधव प्रसाद पौडेललाई उपलब्ध गराएका छन् ।
कोरोनाको विषम परिस्थितीमा स्वास्थ्य सुरक्षाका सामग्री उपलब्ध गराएकोमा राष्ट्रिय युवा संघ नेपालका पदाधिकारीहरुलाई सशस्त्र प्रहरी उपरीक्षक पौडेलले धन्यवाद समेत व्यक्त गरेका छन् ।