नसीम अन्सारी
भुटाहा,। सुनसरीको हरिनगर गाउँपालिका-१ स्थित भुटाहा बजारमा लकडाउनको मौका छोपेर पसलहरु सहित मन्दिरमा चोरी गर्ने पक्राउ परेको छ ।
बिहीबार राति भुटाहा जेनेरल स्टोर किराना पसल लगायत बजार क्षेत्रमा ५ वटा पसलहरुसहित शिव मन्दिरमा राति चोरी गरेको अाराेपमा ५२ हजार ९ सय ८० रुपैया, राज निवास र २ थान माेवाइल सहित २ जनालाई २४ घण्टा भित्र भुटाहाका नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले पक्राउ गर्न सफल भएको छ।
पक्राउ पर्नेमा हरिनगर गाउँपालिका वडा नम्बर ४ बस्ने वर्ष १९ का जुला अन्सारी त्यही बस्ने २५ का हसरुद्दीन अन्सारी रहेको भुटाहा प्रहरी चाैकीले जनाएको छ।
सिसि टिभी फुटेजको आधारमा रातको समयमा पसलमा चोरी गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरिएको भुटाहा प्रहरी चौकीका प्रमुख बलराम यादवले जानकारी दिएको हो।
यादवका अनुसार अनुसन्धानकाे लागि संखा असपद केही व्यक्तिलाई नियन्त्रण लिएर चोरी घटनाको हामीले खोजी कार्य जारी राखेका थिए ।
चाेरी गर्ने व्यक्तिहरुले हामीलाई हाेइन अरुलाई नै पक्राउ गरेको कुरा थाहा हाेस भन्ने उनीहरु त्यस कारण भागन नखाेजने यसले गर्दा हामीले पक्राउ गर्ने सफल भएको भुटाहा प्रहरी चाैकीका सई बलराम यादवले स्मार्ट २४ न्यूज सँगकाे कुराकानीमा बताएकाे हाे।
पक्राउ परेका दुवै जनाले हामीले नै चाेरी गरेको प्रहरी समक्ष बयान दिएको छ। उनीहरूले शिव मन्दिरबाट ५ सय देखि १ हजार मात्रै रहेको बताएका छन् । बाँकी सबै पैसा र राज निवास भुटाहा जेनेरल स्टाेरबाट चाेरेकाे प्रहरीलाई बताएको छन् ।