पारसमणी यादव
इनरुवा । किसान लघुवित वितिय संस्था लिमिटेड कर्पोरेट कार्यालय काठमाण्डौले जिल्ला अस्पताल इनरुवा सुनसरीलाई स्वास्थ्य सामग्री प्रदान गरिएको छ ।
कोरोना रोकथाम तथा नियन्त्रण गर्नका लागि किसान लघुवित वितिय संस्थाले जिल्ला अस्पताल इनरुवालाई आज बिभिन्न स्वास्थ्य सामाग्री प्रदान गरिएको हो ।
दोश्रो भेरिएण्ट सहितको कोरोना भाइरस समुदाय स्तरमा फैलिएकोले यसलाई नियन्त्रण गर्नका लागि इनरुवा अस्पताल सुनसरीलाई स्वास्थ्य सामाग्री प्रदान गरेको किसान लघुवित वितिय संस्थाले जनाएको छ ।
जिल्ला अस्पताल इनरुवालाई कन्सनट्रेटर मेसिन थान १, सेनिटाइजर पाँच लिटरको एक थान, मास्क पाँच प्याकेट लगायतको स्वास्थ्य सामाग्रीहरु प्रदान गरिएको हो ।
किसान लघुवित वितिय संस्था लिमिटेडको तर्फबाट कार्यलयका विभाग प्रमुख नवराज पोखरेल र कर्णबहादुर शाहले जिल्ला अस्पतालका निमित प्रमुख लोकेन्द्र आचार्यलाई प्रदान गरिएको छ ।
अस्पतालका निमित प्रमुख आचार्यले उनीहरुलाई धन्यवाद व्यक्त गर्दै विषम परिस्थितीमा स्वास्थ्य सामग्री प्रदान गरिएकोलेअभार प्रकट गरेका छन् । अगामी दिनमा पनि सहयोग सदभाव कायम गर्न उनले अनुरोध गरेका थिए ।