चतरा । कोरोना भाइरसको दोश्रो भेरियन्टको प्रभावले खाधन्नको जोह गर्न सकस परिरहेको वराहक्षेत्रधामका जोगी तथा संन्यासीहरुलाई नेपाली कांग्रेस वराहक्षेत्रले गठन गरेको कोरोना भाइरस नियन्त्रण व्यवस्थापन तथा परिचालन समितिले खाधन्न सामग्री प्रदान गरेको छ ।
विगत २० दिनदेखि नियमित रुपमा संक्रमितको घरमा सेनिटाइज, पोष्टिक तत्ब र बिरामिकालागि निःशुल्क एम्बुलेन्स सेबा दिई राखेको कांग्रेसले शनिवार वराहक्षेत्र मन्दिरमै पुगेर २१ जना जोगी तथा संन्यासीहरुलाई खाधन्न सामग्री प्रदान गरेको हो ।
वराहक्षेत्र मन्दिर दर्शन गर्न आउने तिर्थालु र भक्तजनले दिएको दानवाट जिबिकोपार्जन गर्ने जोगी ,संन्यासीहरुलाई निषेधाज्ञाले तिर्थालु र भक्तजनको चहल पहल शुन्य भए पछि खाधन्नको जोह गर्न सकस भएको थाहा पाएपछि खाधन्न सामग्री लिएर बराहक्षेत्र मन्दिर पुगेर उनीहरुलाई प्रदान गरेको नेपाली कांग्रेस कोरोना नियन्त्रण व्यवस्थापन तथा परिचालन समितिका संयोजक क्षेत्र नं–४ का सचिब रमेश कार्कीले बताए ।
जोगि तथा संन्यासीहरुलाई वराहक्षेत्र संरक्षण मञ्चसंग समन्वय गरेर खाधन्न सामग्री प्रदान गरिएको थियो । वराहक्षेत्र मन्दिर प्राङ्गणमा रहेका २१ जना जोगी तथा संन्यासीहरुलाई चामल , दाल, नुन, तेल, चिनि प्रदान गरिएको व्यवस्थापन समितिले जनाएको छ ।
वितरण कार्यमा नेपाली कांग्रेस महासमिति सदस्य अनु गुरुङ, नेपाली कांग्रेस वराहक्षेत्र नगर सभापति नारायण नेपाल , नेपाल दरुण दल वराहक्षेत्र सदस्य सुरज घिमिरे, वराहक्षेत्र संरक्षण मञ्चका अध्यक्ष भक्त श्रेष्ठ , सचिव राजु घिमिरे लगाएको उपस्थित रहेको थियो ।
कोरोना भाइरसका कारण खाधन्न जोह गर्ने समस्या भइरहेका जोगी तथा संन्यासीहरुलाई केही समस्या भए पनि खाधन्न सामग्री उपलब्ध भएको वराहक्षेत्र संरक्षण मञ्चले जानकारी दिएको छ ।
बराहक्षेत्र मन्दिरका २१ जना जोगी तथा सन्यासीहरुले तत्काल खाधन्न सामग्री उपलब्ध गराएकोमो कोरोना भाइरस नियन्त्रण व्यवस्थापन तथा परिचालन समितिलाई धन्यवाद ज्ञापन गरेको छ ।
समितिले बराहक्षेत्र मन्दिरका २१ जनालाई राहत उपलब्ध गराएकोमा उनीहरु खुशी व्यक्त गर्दै परिचालन समितिका पदाधिकारीहरुलाई आर्शिवाद समेत दिएका थिए । अगामी दिनमा पनि हामीहरुप्रति माया, स्नेह र प्रेम प्रकट गरिदिन पनि उनीहरुले अनुरोध गरेका थिए ।