इटहरी । नेपाल तरुण दल सन्दरहरैचा कार्यसमितिले बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । मिलन श्रेष्ठको संयोजनमा नेपाल तरुण दल सुन्दरहरैचाले आज बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।
कोरोनाको महामारी र लकडाउनको कारणले बिभिन्न स्वास्थ्य संस्थामा रंगतको अभाब भइरहेको समाचार आइरहदाँ सामाजिक उतरदायिन्व अन्तर्गत नेपाल तरुण दलले बृहत रक्तदान कार्यक्रममा एक सय ५८ पिन्ट रगत संकलन गरेको नेपाल तरुण दलका नेता श्रेष्ठले बताएका छन् ।
नेपाल तरुण दल सुन्दरहरैचाका नेता तथा सभापति मिलन श्रेष्ठले जनताका हरेक सुख–दुख मा तरुण दलले साथ दिने र जनताको हरेक पीडामा तरुण दल हरदम तयार रहने बताएका हुन् ।
सुन्दरहरैचा नगरपालिकाको गछिया खेल मैदानमा भएको उक्त रक्तदान कार्यक्रममा डाक्टर देवराज घिमिरेबाट कोरोना सम्बन्धी जनचेतना फैलाउनुका साथै मास्क,स्यानिटाईजर बितरण समेत गरिएको नेपाल तरुण दलले जानकारी दिएको छ ।
नेपालमा लकडाउन भएसँगै नेपाल तरुण दल सुन्दरहरैचा नगर कार्य समितिले बिगत एक महिनादेखि राहत बितरण, संक्रमित व्यक्तिको घर–घरमा स्यानिटाईजर छर्कने, मास्क बितरण गर्नुका साथै चिकित्सक सहित को जनचेतना फैलाउने काम गर्दै आएको नेपाल तरुण दलका नेता कुन्दन ढुंगानाले जानकारी दिए ।