इनरुवा । केही दिन अघिदेखी सुरु गरेको कुशवाहा राहत सङ्कलन तथा बितरण महाअभियान प्रभावकारी बन्दै गएको छ । कुशवाहा राहत सङ्कलन तथा बितरण महाअभियानले सहयोगी दातहरुसँग राहत संकलन गर्ने र गरिब तथा विपन्न समुदायलाई राहत वितरण गर्ने कार्य सुरु गरेपछि अहिले प्रभावकारी बन्दै गएको हो ।
कुशवाहा समाजले थालेको अभियान सुरुमा पत्याउने गाह्रो थियो । तर अभियान थालेपछि राहत दिने र लिनेलाई पनि खुशी लाग्न थाल्यो । अभियानका संयोजक गुनानन्द महतोले भने, ‘ सुरुमा काम गर्न समस्या भयो,काम गर्दा विरोध पनि आयो । अभियानमा लागेका साथीहरुको सहयोगबाट अभियानले सफलता पाउन थालेको छ । सहयोगी हातहरुको साथ पाएपछि मनोबल उच्च पारेर हालसम्म काम गर्न प्रोत्साहन मिलेको उनले बताए ।
संयोजक महतोका अनुसार काम माथि विश्वास र प्रयास गरेपछि गन्तब्यमा पुग्न सकिन्छ भन्ने मान्यताले अभियानलाई निरन्तरता दिदै वडा वडामा राहत पुर्याएका छौं ।
“सके सहयोग गरौ नसके घरमै सुरक्षित बसौ“ भन्ने मुलनाराका साथ सुरु गरेको अभियानले बिराटनगर महानगरपालिकाको बिभिन्न वडाका गरिब तथा विपन्न समुदायमा खाधन्न सामग्री पुगाउन सफल भएको संयोजक महतोको भनाई छ । अभियानले यसअघि स्वास्थ्य सुरक्षाका सामग्री समेत वितरण गरेको महतोको कथन छ ।
अभियानलाई निरन्तर रुपमा अगाडी बढाउँदै लगिएको अर्का सदस्य तथा अभियन्ता रामनारायण मेहताले बताएका छन् । मेहताका अनुसार बिराटनगर महानगरपालिकाको वडा नम्बर १,५,र १२ का ३० भन्दा बढी गरिब तथा विपन्न परिवारलाई खाधन्न सामग्री वितरण गरेको छु ।
उनीहरुलाई चामल,दाल,नुन र तेल वितरण गरिएको अभियानका संयोजक महतोले जानकारी दिए । राहत सामग्री पाउँदा उनीहरु निकै खुसी भएका छन् । राहत सामग्री लिएर एक जना घर फर्किन लाग्दा अभियानका संयोजक महतो लगायत टिमका सदस्यहरुलाई धन्यवाद दिदैं केही दिनका लागि छाक टार्ने समस्या अन्त्य भएको खुशी व्यक्त गरेका छन् ।
महाअभियानका संयोजक महतोले उनीहरुलाई आश्वासन दिदै भनेका छन्,‘बन्दाबन्दीको समया लम्बियो भने फेरी राहतको प्याकेज लिएर तपाईहरु माझ आउने छु ढुक्क बस्नुहोस् । कुनै समस्या भयो भने, आभियानका कुनै पनि सदस्यहरुलाई खबर गर्ने बितिकै हामी तपाईहरुको घरदैलोमा आउने अर्का अभियन्ता सुरेश मेहताले विश्वास व्यक्त गरेका थिए ।
कुशवाहा राहत सङ्कलन तथा बितरण महाअभियानलाई सफल बनाउन र सहयोगी दाताहरुले पनि अभियानमा थप टेवा पुगाईदिनका लागि अभियन्ता बब्लु मेहता र मङ्गल महतो लगायतको टिमले सहयोगी हातहरुलाई अनुरोध समेत गरेका छन् ।