इनरुवा। सुनसरीको भोक्राहा नरसिंह गाँऊपालिका–८ स्थित दशगंजा क्षेत्रबाट एक सय दुई केजी गाँजा सशस्त्र प्रहरीले बरामद गरेको छ।
दिउँसो नै नेपालबाट भारत गाँजा तस्करी भईरहेको विशेष सूचनाको अधारमा सशस्त्र प्रहरी बल उल्टी विओपीका प्रमुख महेश केसीको नेतृत्वमा बिहाने देखि सो क्षेत्रमा कडाईका साथ गस्ती बढाएपछि सशस्त्र प्रहरीले एक सय दुई केजी गाँजा बरामद गरिएको हो ।
तस्करले सशस्त्र प्रहरीको सुरक्षा देखेपछि गाँजा मकै बारीमा राखिएको थियो । दिउँसो चर्को घाम भएपछि निषेधाज्ञा भएको बेला सबै जना आ–आफनो घरमा भएको मौका छोपी तस्करहरुले दिउँसो गाँजा भारत तर्फ लैजाने सूचनाको अधारमा ५ बोरामा एक सय दुई केजी गाँजा बरामद गरिएको उल्टी विओपीको सशस्त्र प्रहरी निरीक्षक केसीले जानकारी दिएका हुन् । मकै बारीमा राखिएको ७ बोरा गाँजा मध्ये २ बोरा गाँजा भारततर्फ लगिएको अनुमान गरिएको छ ।
गाँजा तस्कर भईरहेको सूचना पुनस् पाएपछि सशस्त्र प्रहरी बल र सिमा प्रहरी चौकी शिशुवाबाट खटिएको प्रहरी टोलीले दश गंजा नजिक मकै बारीमा खोजि तलासी गरेपछि प्लाष्टिकले बेरिएको अबस्थामा ५ बोरा तयारी लागूऔषध गाँजा बरामद गरेको हो ।
बरामद गरिएका एक सय दुई केजी गाँजा कानुनी प्रक्रिया पूरा गरि जिल्ला प्रहरी कार्यालय सुनसरीलाई बुझाउने तयारी भईरहेको सशस्त्र प्रहरी बल उल्टी विओपीका सशस्त्र प्रहरी निरीक्षक केसीले जानकारी दिए ।
सो सिमानाकाबाट विगत लामो समय देखि गाँजा तस्करी भईरहेको स्थानीयवासीहरुले गुनासो गरेका थिए । सशस्त्र प्रहरी निरीक्षक केसीले गुनासो आएपछि सो क्षेत्रमा कडाई गर्नुको साथै तस्करी नियन्त्रणमा लागेकोले आज ठूलो परिमाणको गाँजा बरामद गरेको बताए ।