इनरुवा । कुशवाहा राहत संकलन तथा वितरण महाअभियानका संयोजक गुनानन्द महतो सहितको टोलीले राहत सामग्री लिएर सर्वसाधारणको घरमा पुग्ने गरेका छन् ।
गरिब तथा विपन्न परिवारलाई लक्षित गरी महाअभियानले निरन्तर खाधन्न सामग्री सहित उनीहरुको घरघरमा पुगाउन सक्रियता बढाएको छ ।
सो महाअभियानले बिराटनगर महानगरपालिका वडा नम्बर १३ र १४ का गरिब तथा विपन्न परिवारको पहिचान गरी उनीहरुलाई चामल, नुन र तेल सहितको खाधन्न सामग्री लिएर घरघरमा पुगाउने कामलाई निरन्तरता दिदै सक्रियता बढाएको हो ।
बिराटनगर महानगरपालिका वडा नम्बर १,५,१२,१३, र १४ मा गरिब तथा अति विपन्न परिवारलाई खाधन्न सामग्री तथा स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएकोे महाअभियानका सदस्य तथा अभियन्ता रामनारायण मेहताले बताएका छन् ।
महाअभियानले स्वास्थ्य सुरक्षाको मापदण्डलाई ख्याल गरी अति विपन्न परिवारलाई खाधन्न सामग्री वितरण गरिएको अर्का अभियन्ता सुरेश महतोले बताए ।
अर्का अभियन्ता बब्लु मेहताले खाधन्न सामग्री वितरण गर्ने कार्यलाई अझ प्रभावकारी बनाउँदै गाउँ,टोल, वस्तीका गरिब तथा विपन्न परिवारको पहिचान गरि स्वास्थ्य मापदण्डको ख्याल गर्दै महानगरपलिकाको बिभिन्न वडामा खाधन्न सामग्री वितरण गरिने बताएका छन् ।
बिराटनगर महानगरपालिकासँगै सुनसरी र सप्तरीमा समेत महाअभियानलाई निरन्तरता दिएको संयोजक महतोले जानकारी दिएका छन् । खाधन्न सामग्री वितरण कार्यक्रममा संयोजक गुनानन्द महतो, रामनारायण मेहता, सुरेश मेहता, बब्लु मेहता र समाजसेवी बीरेन्द्र मेहता लगायतको सहभागिता रहेको थियो ।