अजमल अन्सारी
इनरुवा । सुनसरीको इनरुवा नगरपालिकामा रहेको सुनसरी बहुमुखी क्याम्पसका ईकाई सभापति तथा नेपाल बिद्यार्थी संघ जिल्ला सदस्य सेराज हुसैनद्वारा फ्रन्टलाइनमा खटिने भोक्राहाका सुरक्षाकर्मीहरुका लागि स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरिएको छ ।
क्याम्प इकाईका सभापति हुसैनको नेतृत्वमा सशस्त्र प्रहरी नेपाल बोर्डर आउट पाेष्ट उल्टी भोक्राहाका सशस्त्र प्रहरी निरीक्षक महेश बिक्रम केसीलाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।
सभापति हुसैनले आफ्नो ब्यक्तिगत स्वास्थ्य सामग्री खरिद गरेर कोरोना भाइरसको दोस्रो लहरको बेला भोक तिर्खा निन्द्रा केही नभनिकन फ्रन्ट लाईनमा रहेर जोखिम उठाउदै सिमा क्षेत्र लगायत विभिन्न ठाउँमा अहोरात्र जनताका सेवामा खटिने सशस्त्र प्रहरीलाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको बताए । कोरोना जोखिम घटाउन यस प्रकारका सामानहरु वितरण गरेको उनले बताए । हुसैनले विगत लामो समय देखि बिद्यार्थी आन्दोलनमा सक्रिय रहेको, बिद्यार्थीहरुको विभिन्न किसिमका मागहरुको विषयमा आवाज उठाई सम्बन्धित निकायसँग समन्वय गरि विद्यार्थीको माग पुरा गर्नमा उहाँ सक्रिय रहदै आएको छ ।
६ प्याकेट मास्क,५ थान ह्यान्ड सेनिटाइजर लगायतका सामग्रीहरु क्याम्पस इकाई सभापति हुसैन, नेविसंघ सुनसरी क्याम्पका युवा नेता नन्दन गुप्ता, बेलाल अन्सारी लगायतकाले बिओपी भोक्राहाका प्राङ्गणमा पुगेर वितरण गरिएको बताइएको छ ।
स्वास्थ्य सुरक्षा सामग्री ग्रहण गर्दै सशस्त्र प्रहरी निरीक्षक महेश बिक्रम केसीले सभापति सेराज हुसैन लगायतका नेपाल विद्यार्थी संघ सुनसरी बहुमुखी क्याम्पस इकाईका टिमलाई धन्यवाद सहित आभार प्रकट गर्दै अगामी दिन साथ सहयोगको अपेक्षा राखेको बताए ।