इनरुवा । कुशवाहा राहत संकलन तथा वितरण महाअभियान बिराटनगर महानगरपालिकाबाट सुरु हुँदै सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामासम्म आइपुगेको छ ।
बिराटनगर महानगरपालिकाको बिभिन्न वडामा गरिब तथा विपन्न परिवारलाई खाधन्न सामग्री सहित स्वास्थ्य सुरक्षा वितरण गर्दै सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकासम्म आइपुगेको हो ।
“सके सहयोग गरौं,नसके घरमै बसौं” भन्ने मूलनाराका साथ महाअभियानले सुनसरीको भोक्राहा नरसिंह–१को ढोकमा गरिब तथा विपन्न परिवारलाई खाधन्न सहित स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएको छ ।
भोक्राहा नरसिंह गाउँपालिका–१ का ५० बढी गरिव तथा विपन्न परिवारलाई मास्क, सेनिटाइजर, साबुन, चुरा,चाउचाउ, बिस्कुट, सहितको सामग्री वितरण गरिएको महाअभियानका संयोजक गुनानन्द महतोले जानकारी दिए ।
एक महिनादेखी निषेधाज्ञा जारी भएको बेलामा स्थानीय, प्रदेश र संघीय सरकारबाट कुनै राहत प्याकेज नआएकोले महाअभियानले गरिब तथा विपन्न परिवारलाई राहत उपलब्ध गराएको महाअभियानका सल्लाहकार तथा कुशवाहा समाजका भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष मधुलाल मेहताले बताए ।
कोरोनाको विषम परिस्थितीमा गरिब तथा निमुखा जनताको अवस्था बुझन स्थानीय सरकारको ध्यान नगएको बेलामा महाअभियानले तत्काल उनीहरुलाई स्वास्थ्य सामग्री सहित खाधन्न सामग्री उपलब्ध गराउन बाध्य भएको उनले बताए ।
महाअभियानले बिराटनगरबाट सुरु गर्दै सुनसरी सहित बिभिन्न जिल्लामा समेत गरिब तथा विपन्न परिवारलाई राहत उपलब्धमा सहजता गराउने कामलाई अगाडी सार्दै राहत वितरण कार्यक्रमलाई निरन्तरता दिदैं आइरहेको अभियन्ता रामनारायण मेहताले बताए ।
जनचेतना मूलक कार्यक्रम सहित गाउँ गाउँमा आएर राहत वितरण गर्ने गरेको र अगामी दिनमा पनि यस कार्यक्रमलाई अघि सार्दै बिभिन्न जिल्लामा महाअभियान पुग्ने अर्का अभियन्ता बब्लु मेहताले बताए ।
सो पालिकाका गरिब तथा विपन्न परिवारले तत्काल केही सामग्री पाउँदा अत्यन्तै खुशी हुदैं महाअभियानका अगुवाहरुलाई धन्यवाद दिएका छन् । यसअघि राहतको कुनै प्याकेज नपाउँदा निराश बन्दै गएको बेला महाअभियानले स्वास्थ्य सुरक्षा सामग्री सहित खाधन्न वितरण गरेपछि उनीहरुको मुहारमा खुशी छाएको थियो ।
महाअभियान बिराटनगरबाट बाहिर आएर पनि बिभिन्न सहयोगी हातहरुको सहयोगबाट बिभिन्न जिल्लामा पुग्ने तयारी गरिएको संयोजक महतोले जानकारी दिए ।
बिराटनगरसँगै अन्य जिल्लामा हातमुख जोडन समस्या भएका गरिब तथा विपन्न परिवारलाई राहत उपलब्ध गराउने कार्यमा आफूहरु जुटिरहेको र सहयोगी हातहरुसँग समन्वय र सहकार्य गर्दै अगाडी बढिरहेको बेला महाअभियानले सार्थकता पाउने समेत महाअभियानको ठहर छ ।
भोक्राहा नरसिंह गाउँपालिकाको वितरण कार्यक्रममा महाअभियान संयोजक गुनानन्द महतो, सदस्यहरु रामनारायण मेहता, बब्लु मेहता, सुरेश मेहता, शिवकुमार मेहता, अर्जुन मेहता, पवन मेहता, गापा अध्यक्ष मधुलाल मेहता, समाजका वडाध्यक्ष जयप्रकाश मेहता, सचिव डिएन मेहता, विधार्थी नेता उमेश मेहता, युवा नेता रामकुमार मेहता लगायतका सरोकारवालाहरुको सहभागिता रहेको थियो ।