सुन्दरहरैचा । ओरन्टो मल्टिट्रेड प्रा.लि.ले सुन्दरहरैचा वडा नम्वर १ र ११ का ५० परिवार लाई राहत बितरण गरेको छ ।
लकडाउनले दैनिक कामकाज गरेर पेट पाल्ने परिवार काम नहुँदा भोकै बस्न नपरोस् भन्ने उदेश्यका साथ विपन्न परिवारलाई राहत वितरण गरिएको संस्थाका सदस्य अनिल रायमाझीले बताएका छन् ।
रायमाझीले सुन्दरहरैचाका ५० परिवार लाई चामल २५ केजि , दाल २ केजि, २ केजि तेल, नुन र साबुन वितरण गरिएको बताए ।
“एक गाउँ एक उत्पादन एक घर एक रोजगार एक बस्ती एक बिक्री केन्द्र“ मुल नारा लिएर युएई बाट स्थापित यो संस्थाले देश भरी बिभिन्न सामाजीक काम गर्दै आएको छ ।
कोरोना महामारीले विश्व नै प्रभावीत भईरहेको बेला कोही परिवारमा खानाकै समस्या नहोस् भनेर अति बिपन्न परिवार लाई सहयोग गरेको संस्थाका सुन्दरहरैचा संयोजक काजिलाल भारतीले जानकारी दिएका छन् ।
संस्थाले देशका विभिन्न स्थानमा राहत सामाग्री वितरण गरेको भारतीले बताए । संस्थाले सुन्दरहरैचाका जनप्रतिनिधि र घरेलु तथा साना उधोगको रोहवरमा राहत बितरण गरेको थियो ।
ओरन्टो मल्टिट्रेड प्रा.लि.मा २० हजार भन्दा धेरैले मानिस आवद्ध रहेको संस्था हो । यस संस्थाले कसरी रोजगारी सृजना गर्ने र धेरै भन्दा धेरै मानिस लाई राजगार वनाउने उदेश्य रहेको संस्थाका सदस्य अनिल रायमाझीले बताएका छन् ।
राहत कार्यक्रममा ओरेन्टो मुल्टिट्रेड बाट युबराज पैडेल,प्रकाश श्रेष्ठ दिप पोखरेल,सुरेस निरैला,कृष्ण दाहाल,अनिल रायमाझी,बबिन रायमाझी लगएत का मेम्बर सहभागी रहेका थिए ।