जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगको निर्णय पूर्वाग्रहपूर्ण रहेको आरोप लगाएका छन् ।
मंगलबार विज्ञप्ति जारी गरी अध्यक्ष यादवले अर्का अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई कारबाही गर्ने पार्टीको केन्द्रीय कार्यकारिणी समितिको निर्णयलाई मान्यता नदिनु निर्वाचन आयोगको पूर्वाग्रहपूर्ण निर्णय भएको आरोप लगाएका हुन् ।
उनले निर्वाचन आयोगको पूर्वाग्रही निर्णयविरुद्ध राजनीतिक र कानुनी लडाइँ लड्ने पनि बताएका छन् ।