इनरुवा । सुनसरीको इनरुवा नगरपालिकाका कोरोना संक्रमितलाई मनोसमाजिक परामर्शकर्ताले घरघरमा पुगेर सेवा प्रदान गर्दै आएका छन् ।
इनरुवा नगरपालिकाका क्षेत्र भित्र कोरोना पोजेटिभ भएका व्यक्तिहरुलाई घरघरमा पुगेर मनोवल उच्च राख्न र बिभिन्न शारिरीक अभ्यास सहित परामर्श सेवा प्रदान गर्दै आएको हो ।
इनरुवा नगरपालिकाभित्र सामी परियोजनाले सञ्चालन गरेको कार्यक्रम अन्र्तगत कोभिड १९ को महामारीको बेला परामर्शकर्ताले कोरोना संक्रमितहरुलाई सल्लाह सुझाव दिदै मनोवल उच्च बनाउने काममा लागि परेको छ ।
कोरोना संक्रमित व्यक्तिहरुलाई घर–घर पुगेर मनोसमाजिक परामर्शकर्ता अनुशिया चौधरीले इनरुवा नगरपालिकाभित्र रहेका कोरोना संक्रमितहरुलाई घरमा पुगेर शारिरीक अभ्याससँगै मनोबल उच्च बनाउने कार्यमा अहिले सक्रिय भएको बताएकी छिन् ।
कोरोना संक्रमित व्यक्तिहरुलाई कुनै समस्या भए इनरुवा नगरपालिकाको स्वास्थ्य शाखा, प्रहरी, जनप्रतिनिधि, स्थास्थ्य चौकीमा गुनासो गर्न अनुरोध गर्दै होम आइसोलेशनमा बस्न सक्ने अवस्था नभए इनरुवाको कोभिड अस्पतालमा भर्ना हुन परामर्शकर्ता चौधरीले अनुरोध समेत गरेकी छिन् ।
कोरोना पोजेटिभ भएका व्यक्तिहरुलाई कुनै समस्या वा गुनासो भए इनरुवा नगरपालिकाको हेल्प डेस्क राख्न परामर्शकर्ता चौधरीले आग्रह गर्दै अक्सिजन आवश्यकता भए वा थप उपचार गर्नुपरेमा जिल्ला अस्पताल इनरुवाको कोभिड अस्पतालमा सम्र्पक गर्न सुझाव दिएकी छिन् ।
सामुदायिक विकास केन्द्र (सिडिओ) सुनसरीले सामी परियोजना मार्फत कोभिड १९ को महामारीको बेला कोरोना संक्रमितको घर–घरमा पुगेर आत्मबल र मनोबल उच्च बनाउनका लागि मनोसामाजिक परामर्शकर्ताले भूमिका निर्वाह गरिरहेका कार्यक्रम संयोजक धिरज भट्टराईले जानकारी दिए ।
कोरोनाको जोखिम न्यूनिकरण गर्नका लागि सामी परियोजनाले काम गर्दै आएको र मनोसामाजिक परामर्शकर्ताले इनरुवा नगर क्षेत्रमा देखा परेका कोरोना संक्रमितहरुलाई घरमा पुगेर समस्या बुझने कार्यलाई निरन्तरता दिदै फोन मार्फत पनि उनीहरुलाई परामर्श दिइरहेको सामी परियोजना सुनसरीका संयोजक भट्टराईले बताएका छन् ।
कोरोना संक्रमितहरुको नाम संकलन गरि उनीहरुको घरमा पुगेर अवस्था बुझनका लागि परामर्शकर्ताले मानसिक तनाव नलिनका सुझाव दिदै बिभिन्न किसिमको शारिरीक अभ्याससँगै खानपानमा ध्यान दिन अनुरोध समेत गरकी थिइन् ।