इनरुवा । मानव अधिकार समुह भोक्राहा नरसिंह गाउँपालिकाको अध्यक्ष पदमा ममता उराँव चयन भएकी छिन् । मानव अधिकार समुहको पुर्नगठन गरेपछि सर्वसम्मतबाट अध्यक्ष पदमा उराँव चयन भएकी हुन् ।
समुहकी अध्यक्ष उराँवको नेतृत्वमा ११ सदस्यीय समिति गठन गरिएको हो । उपाध्यक्षमा मोहम्मद मुर्सिद आलम, सचिव बेलाल अन्सारी, सहसचिव सुरेन्द्र कुमार मेहता, कोषाध्यक्ष सरोजदेवी यादव रहेका छन् ।
त्यसैगरी सदस्यहरुमा नुनुलाल साह, ओमप्रकाश यादव, अब्दुल वोकार, सुरेन्द्र मेहता, अमिता मण्डल र आशादेवी पौद्धार रहेका छन् ।
शोभा कुमारी मेहता, सेराज हुसैन, दिपेन्द्र यादव र पुनम साहलाई मानव अधिकार समुहको सल्लाहकारमा राखिएको छ ।
समुहले सो गाउँपालिकामा शिक्षा, स्वास्थ्य, कृषि,खाद्यय अधिकार,सुकुम्वासी समस्या समाधान लगायतको विषयमा कार्य गर्ने बताइएको छ ।
यसअघि समुहकी अध्यक्षमा शोभा कुमारी मेहताको नेतृत्वमा समिति विस्तार गरिएको थियो । समुहको पुर्नगठनबाट अध्यक्षमा ममता उराँवको नेतृत्वमा समिति विस्तार गरिएको हो ।
मानव अधिकारको सवालमा काम गर्ने, गाउँपालिकाको बिषयगत शाखाहरुले गरेको कार्यको अनुगमन गर्ने, समस्या पहिचान गरि गाउँपालिकालाई ज्ञापनपत्र मार्फत सुझाव दिने र समुहलाई सशक्त ढङ्गबाट अगाडि बढाउने र आफनो कार्यकालमा उदाहरणीय कार्य गर्ने अध्यक्ष उराँवले प्रतिवद्धता व्यक्त गरेकी छिन् ।