चतरा । वराहक्षेत्रमा नेपाली कांग्रेसको टोली सक्रमितको स्वास्थ्य अवस्था बुझ्दै मनोवल तथा हौसला प्रदान गर्ने पोष्टिक तत्ब बोकेर आइसोलेशन पुगेको छ । यस अगाडि चार पटक आइसोलेशनमा पुगेर सक्रमितको स्वास्थ्य अवस्था बारे जानकारी लिएको टोलीले बुधवार पाचौं पटक पुगेर सक्रमितको मनोवल बढाउने प्रयास गरेको हो ।
३२ दिन देखि कोरोना नियन्त्रण अभियानको रुपमा सक्रमितको घर–घर पुगेर सेनिटाइज र पोष्टिय युक्त समाग्री बितरण गर्दै आएको टोलीले वराहक्षेत्र ७ स्थिति सप्तकोशि बहुमुखी क्याम्पसमा नगरपालिकाले तयार पारेको आइसोलेशनमा पुगेर बुधबार ११ जना सक्रमितहरुलाई जेवनप्रास, स्याउ , सेनिटाइजर र माक्स बितरण गरेको अभियानकी सदस्य नेपाली कांग्रेस महासमिति सदस्य अनु गुरुङ्गले जानकारी दिईन ।
यस अगाडि पनि आइसोलेशनमा पुगेर पहिको पटक ७ जना , दोस्रो पटक १२ जना , तेस्रो पटक ९ जना र चौथो पटक १२ सक्रमितलाई जेवनप्रास, स्याउ , सेनिटाइजर र माक्स बितरण गरेको अभियानका आर्थिक व्यवस्थापन समेर रहेका नेपाली कांग्रेस वराहक्षेत्र ६ सहसभापति तुलसी श्रेष्ठले बताए ।
कोरोना नियन्त्रण गर्न नेपाली कांग्रेस वराहक्षेत्रका नेताहरु व्यवस्थापन तथा परिचालन समिति नै गठन गरेर लागि परेका हुन् । नगर भित्रका स्वास्थ्य संस्था , प्रहरी कार्यलय, सार्बजनिक स्थान लगाएतका स्थानमा ३२ दिन देखि सक्रिय टोलिले ३ सय भन्दा बढि सक्रमितको घर–घरमा पुगेर सेनिटाइज , आवश्यक परेको खण्डमा अक्सिजनको व्यवस्थापन समेत गरिरहेको अभियान संयोजक नेपाली कांग्रेस क्षेत्र नं ४ सचिब रमेश कार्कीले वताए ।
अभियानले गरिब , बिपन्न, मजदुर , जेष्ठ नागरिकलाई केन्द्रीय गरेर निशुल्क एम्बुलेन्स समेतको व्यवस्था गरि दिएको छ । एम्बुलेन्स चाहिए संयोजक रमेश कार्कीको ९८०४३२०२९७ र सदस्य सन्तकुमार राई ९८२७०४२५०८ को नम्बरमा कुनै बेला पनि फोन सम्पर्क गर्न सक्ने अभियानले जनाएको छ ।