Monday, September 25, 2023
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

इनरुवामा प्रहरीद्धारा सफारी चालक कुटिए

उपचारको अभावमा भौतारिदैँ घाइते

सुनसरी अनलाइन by सुनसरी अनलाइन
असार ३, २०७८
in FEATURE, मुख्य खबर, समाचार
इनरुवामा प्रहरीद्धारा सफारी चालक कुटिए
203
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । मुस्कान सहितको सेवा प्रदान गर्ने लक्ष्य बोकेको नेपाल प्रहरीका एक जवानले बुधवार सफारी चालकलाई निर्घात कुटपिट गरेका छन् ।

बुधवार दिउँसो १ बजे सिटी सफारीमा ग्याँस सहितका समान बोकेर इनरुवा प्रवेश गर्दै गर्दा प्रहरी बिट बसचौकमा कार्यरत रहेका प्रहरी जवानले सिटि सफारी चालकलाई निर्घात कुटपिट गरेको हो ।

भोक्राहा नरसिंह गाउँपालिका–१ का सिटि सफारी चालक सलाउद्धिन अन्सारीले सफारीमा ग्याँस सहितका सामान बोकेर इनरुवा प्रवेश गर्दै गर्दा प्रहरी बिट बसचौक इनरुवामा कार्यरत रहेका प्रहरी जवान बैजनाथ माझीले निर्घात कुटपिट गरेको पीडितले बताएका छन् ।

निषेधाज्ञाको उल्लघन गरेको भन्दै प्रहरी जवान माझीले सिटी सफारी चालकलाई जरिवाना काटेर जान अनुरोध गरेपछि सफारी चालक अन्सारीसँग बादविवाद भएको थियो ।

सिटी सफारी चालक अन्सारीका अनुसार निषेधाज्ञामा धेरै सिटी सफारी चलेपनि जरिवाना नकाटने गरेकोले आफूले पनि जरिवाना नकाटी जान खाजेपछि प्रहरी जवान माझीले सफारी चालकलाई मुक्का, बुट र थप्पडले कुटपिट गर्दा उनको टाउँकोमा गम्भिर चोट लागि उनी घाइते भएका थिए ।

प्रहरी जवान माझीले निर्घात कुटपिट गरेपछि उनको सफारी सहित उनलाई प्रहरी कार्यालय सुनसरीमा पाँचघण्टा नियन्त्रण राखिएको पीडितले बताएका छन् ।

रक्षक भए भक्षक भन्ने जस्तै प्रहरीले घाइते अन्सारीलाई उद्धार गरी उपचार गराउनुको सट्टा जिल्ला प्रहरी कार्यालय सुनसरी लगि पाँचघण्टा नियन्त्रणमा राखेको थियो ।

सफारी चालकको टाउँकोबाट रगत बग्न थालेपनि उसलाई प्रहरी कार्यालयमा थामथुम गर्नका लागि प्राथमिक उपचारको बहानामा नियन्त्रण पछि नेताहरुको फोन आएपछि चालक अन्सारीलाई रिहा गरिएको बताइन्छ ।

निषेधाज्ञामा सबैका लागि कानुन बराबर भएपनि सुनसरी प्रहरीले चालक अन्सारीसँग बिभेद गरी सफारी नियन्त्रणमा लिई उल्टै कुटपिट भएको घटनाबाट के पाठ सिक्न सकिन्छ ? भन्ने प्रश्न उठ्न थालेको स्थानीयहरुले प्रतिक्रिया दिएका छन् ।

यता जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक नरेन्द्र कुमार कार्कीले सिटी सफारी चालकले नै उदण्ड भएर प्रस्तुत भएपछि प्रहरी र चालकबीच विवाद भएको बताए । निषेधाज्ञाको बेला नियम पालना गर्न प्रहरीले भनेपछि मुखमुखै लागेपछि उनीहरु बीच विवाद उत्पन्न भएको उनले बताए ।

प्रहरी जवान माझीलाई प्रहरी बिट बसपार्कबाट जिल्ला प्रहरी कार्यालय सुनसरीमा तानिएको समेत उनले बताए । प्रहरी जवान माझीमाथि छानबिन गरिरहेको र गलत गरेको पाइएमा कार्वाही समेत गरिने जिल्ला प्रवक्ता समेत रहेका कार्कीले बताए ।

पीडित परिवारले बिहिवार पत्रकार सम्मेलनको आयोजना गरी कुटपिट गर्ने प्रहरीलाई कार्वाहीको माग गर्दै आफूलाई न्याय दिलाईदिनका लागि सरोकारवालाहरुलाई समेत अपिल गरेका छन् । टाउँकोमा चोट लागेकोले थप उपचार गर्नुपर्ने भएको हुदाँ आफूसँग उपचार खर्च समेत नभएकोले सम्वन्धित निकायहरुले पहल गरि न्याय दिलाई सहयोग गर्न समेत अपिल गरेका छन् ।

Share81Tweet51SendScan
Previous Post

कांग्रेसद्धारा जगदगुरु पिठ क्षेत्र सेनिटाइज

Next Post

समयमै योजना पेश गर्न नगरबासीलाई अनुरोध

Related Posts

सामाजिक सद्भाव कायम गर्न मुस्लिम अगुवाद्वारा गृहमन्त्री श्रेष्ठको ध्यानाकर्षण
समाचार

सामाजिक सद्भाव कायम गर्न मुस्लिम अगुवाद्वारा गृहमन्त्री श्रेष्ठको ध्यानाकर्षण

by सुनसरी अनलाइन
अशोज ७, २०८०
0

सुनसरी । मुस्लिम समुदायको अगुवा मुस्लिम नेताहरुले आज सामाजिक सद्भाव कायम गर्न उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको ध्यानाकर्षण गराएका छन्...

नेपाल मुस्लिम संघको महाधिवेशनमा सुनसरीबाट चारजना सम्मानित
FEATURE

नेपाल मुस्लिम संघको महाधिवेशनमा सुनसरीबाट चारजना सम्मानित

by सुनसरी अनलाइन
अशोज ७, २०८०
0

टाेमराज मेहता  सुनसरी । नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल मुस्लिम संघकाे तेस्रो केन्द्रीय महाधिवेशनमा सुनसरीबाट चारजना मुस्लिम नेताहरु सम्मानित भएका...

कोशी प्रदेश प्रहरीद्धारा दुई सय ९५ जना प्रशिक्षार्थी प्रहरी दीक्षीत

कोशी प्रदेश प्रहरीद्धारा दुई सय ९५ जना प्रशिक्षार्थी प्रहरी दीक्षीत

अशोज ७, २०८०
कोशीमा पुनः गठबन्धनकै नेतृत्वमा सरकार बन्ने कार्कीको दावी

कोशीमा पुनः गठबन्धनकै नेतृत्वमा सरकार बन्ने कार्कीको दावी

अशोज ७, २०८०
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

यो गठवन्धन निरन्तररूपमा पाँच वर्ष चल्नुपर्छ : कार्की

अशोज ५, २०८०
संविधानको रक्षा गर्नु सबैको दायित्व हो : हाजी इस्राइल

संविधानको रक्षा गर्नु सबैको दायित्व हो : हाजी इस्राइल

अशोज ३, २०८०
Next Post
समयमै योजना पेश गर्न नगरबासीलाई अनुरोध

समयमै योजना पेश गर्न नगरबासीलाई अनुरोध

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सामाजिक सद्भाव कायम गर्न मुस्लिम अगुवाद्वारा गृहमन्त्री श्रेष्ठको ध्यानाकर्षण
समाचार

सामाजिक सद्भाव कायम गर्न मुस्लिम अगुवाद्वारा गृहमन्त्री श्रेष्ठको ध्यानाकर्षण

by सुनसरी अनलाइन
अशोज ७, २०८०
0

सुनसरी । मुस्लिम समुदायको अगुवा मुस्लिम नेताहरुले आज सामाजिक सद्भाव कायम गर्न उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको ध्यानाकर्षण गराएका छन्...

नेपाल मुस्लिम संघको महाधिवेशनमा सुनसरीबाट चारजना सम्मानित

नेपाल मुस्लिम संघको महाधिवेशनमा सुनसरीबाट चारजना सम्मानित

अशोज ७, २०८०
कोशी प्रदेश प्रहरीद्धारा दुई सय ९५ जना प्रशिक्षार्थी प्रहरी दीक्षीत

कोशी प्रदेश प्रहरीद्धारा दुई सय ९५ जना प्रशिक्षार्थी प्रहरी दीक्षीत

अशोज ७, २०८०
कोशीमा पुनः गठबन्धनकै नेतृत्वमा सरकार बन्ने कार्कीको दावी

कोशीमा पुनः गठबन्धनकै नेतृत्वमा सरकार बन्ने कार्कीको दावी

अशोज ७, २०८०
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

यो गठवन्धन निरन्तररूपमा पाँच वर्ष चल्नुपर्छ : कार्की

अशोज ५, २०८०
संविधानको रक्षा गर्नु सबैको दायित्व हो : हाजी इस्राइल

संविधानको रक्षा गर्नु सबैको दायित्व हो : हाजी इस्राइल

अशोज ३, २०८०
इनरुवामा बृहत सरसफाई, वृक्षारोपण तथा रक्तदान कार्यक्रम सम्पन्न

इनरुवामा बृहत सरसफाई, वृक्षारोपण तथा रक्तदान कार्यक्रम सम्पन्न

अशोज २, २०८०
आफन्तले नै रकम फिर्ता नगरेपछि अदालतमा मुद्दा दायर

आफन्तले नै रकम फिर्ता नगरेपछि अदालतमा मुद्दा दायर

भदौ ३०, २०८०
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता
प्रमुख संवाददाता : गनेश कुमार यादव

मिति

आइत, अशोज ७, २०८०
Sun, September 24, 2023
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In