इनरुवा । साझा सवालका लागि साझा मञ्च (कोकन) सुनसरीले विभिन्न पालिकाभित्र जोखिममा रहेका ६९ बालबालिकाहरुको परिवारलाई खाधन्नसहित स्वास्थ्य सुरक्षाका सामग्री उपलब्ध गराएको छ ।
कोभिड १९ बाट प्रभावित भएका र जोखिममा रहेका ६९ बालबालिकाका परिवारलाई खाधन्नसहित स्वास्थ्य सुरक्षाका सामग्री उपलब्ध गराएको हो ।
कोकानले हरिनगर गाउँपालिकामा–१४, देवानगञ्ज गाउँपालिकामा–१, बर्जु गाउँपालिकामा १७, गढी गाउँपालिकामा–४ दुहबी नगरपालिकामा–१ र रामधुनी नगरपालिकामा–३२ गरी ६९ जना जोखिममा रहेका बालबालिकाका परिवारलाई खाधन्न सामग्री उपलब्ध गराएको छ ।
चामल दुई बोरा ५० केजी, अण्डा १ क्यारेट, गहुँको पिठो ५ केजी, दाल ६ केजी, चना ३ केजी, सोयाबिन (न्यूट्रेला)१÷२ केजी, तोरीको तेल ५ लिटर, चिनी ३ केजी, चियापति १÷२ केजी, नुन २ केजी, नुहाउने साबुन ५ थान, लुगा धुने साबुन ५ थान, सरफ १ केजी, दन्तमन्जन १ थान, सेनिटरी प्याड ३ प्याकेट, मास्क २ प्याकेट, सेनिटाइजर १ लिटर लगायतका खाधन्नसहित स्वास्थ्य सुरक्षाका सामग्रीहरु जोखिममा रहेका बालबालिकाका परिवारलाई उपलब्ध गराएको कोकन सुनसरीले जनाएको छ ।
मानव अधिकारसँगै सामाजिक क्षेत्रमा कार्य गर्दै आएको कोकन सुनसरीले जोखिममा रहेका बालबालिकाको तथ्याङ्ख संकलन गरी चार गाउँपालिका र दुई नगरपालिकामा ६९ परिवारलाई खाधन्नसहित स्वास्थ्य सुरक्षाका सामग्री उपलब्ध गराएको छ ।
सुनसरीमा निषेधाज्ञा लागू गरिएपछि बालबालिकामा परेको असरलाई ख्याल गर्दै कोकनले बास्तविक जोखिममा परेका बालबालिकाको पहिचान गरी सो सामग्री हस्तान्तरण गरिएको हो ।
साझा सवालका लागि साझा मञ्च (कोकान) सुनसरीको आयोजना र प्लान इन्टरनेशन नेपालको सहयोगमा चार गाउँपालिका र दुई नगरपालिकाका जोखिममा रहेका ६९ बालबालिकाका परिवारलाई प्रत्यक्ष भेटघाट गरी खाधन्नसहित स्वास्थ्य सुरक्षाका सामग्री बुझाएका थिए ।
कोरोनाबाट जोगिनका लागि सचेतना कार्यक्रमसँगै बालबालिकाका परिवारलाई मास्क प्रयोग गर्न, सेनिटाइजरको प्रयोग, सामाजिक दुरी कायम र साबुन पानीले हात धुने कुरामा ध्यानदिनुपर्नेमा कोकनका कर्मचारीले जोड दिएका थिए ।