इनरुवा । कोरोना संक्रमण नघटेको भन्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले सुनसरीमा असार १४ गते सम्म फेरि निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले थपिएको निषेधाज्ञाको अवधि भरे राती १२ बजे सकिन लागेपछि जिल्लाको डिसिसिएमसीको आज बसेको बैठकले थप एक साताको लागि निषेधाज्ञा अवधि बढाउने निर्णय गरेको हो ।
यसअघि जिल्लामा रहेका खाद्यान्न, स्टेसनरी, तरकारी, फलफूल, डेरी तथा मासुजन्य पसल निश्चित समयका लागी खोल्न दिने निर्णय गरेको थियो ।
अब बिहान ५ बजे देखि १२ बजे सम्म तरकारी तथा फलफूल पसल सञ्चालन गर्न दिने निर्णय गरेको छ ।
साथै पुस्तक तथा स्टेसनरी पसल स्वास्थ्यय मापदण्ड अपनाई बिहान ५ बजे देखि १२ बजे सम्म खोल्न पाइने छ । कृषि सम्बन्धी कार्यहरु गर्न पाउने ,उद्योग कलकारखाना तथाविकास निर्माण कार्यमा निर्माण सामग्री बोक्ने ढुवानीका साधनहरु निर्वाध चल्न पाउने भएपनि अन्य निजी तथा सार्वजनिक सवारीका साधनहरु भने नखुल्ने र होटल र रेष्टुराहरुको हकमा होम डेलिभरी र टेक अवे सर्भिस सञ्चालन गर्न पाइने छ ।