हरिनगर । विधार्थीलाई प्रोत्साहन गर्नका लागि छात्रवृति प्रदान गरिएको छ । सुनसरीको हरिनगर–५ का १७ जना विधार्थीहरुलाई छात्रवृति वितरण गरिएको हो ।
हरिनगर गाउँपालिका–५ मा रहेको श्रीमावि बसन्तपुरका १७ जना बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरि बालबालिकाहरुको मनोवल बढाउने कार्यलाई प्राथमिकता दिइएको छ ।
नेपाल वेलफेयर सोसाइटी हरिनगर गाउँपालिका–२ भुटाहाको आयोजना र हरिनगर गाउँपालिका–५ नम्बर वडा कार्यालयको सहयोगमा १७ जना बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरिएको हो ।्
कोरोना महामारीमा विधालय बन्द हुदा बालबालिकाहरु बढी प्रभावित भएकोले उनीहरुलाई प्रोत्साहन र मनोबल बढाउनका लागि सामग्री वितरण गरिएको संस्थाका अध्यक्ष मोजम्मिल अहमदले बताए । गुणस्तरीय शिक्षामा टेवा पुग्ने उद्धेश्यले श्रीमावि बसन्तपुरका गरिब तथा जेहन्दार बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरिएको उनले बताए ।
नेपाल वेलफेयर सोसाइटी हरिनगर गाउँपालिका–२ भुटाहाले १७ जना बालबालिकाहरुलाई जनही टिपिन बक्स १ थान, व्याग १ थान, एक दर्जन,कापी, कलम १० वटा र विधालय पोशाक वितरण गरेको छ ।
बालबालिकाहरुले शैक्षिक सामग्री पाएपछि खुशी ब्यक्त गरेका छन । उनीहरुले आयोजक र सहयोगी निकायलाई धन्यवाद समेत दिएका छन ।
हरिनगर गाउँपालिका–५ नम्बर वडाका सदस्य अताबुल अन्सारीले आर्थिक समस्या भएका, गरिब तथा जेहन्दार विधार्थीको नामावली छनौट गरेर पारदर्शी ढङ्गबाट वितरण गरिएको बताए । कसैलाई पनि काखापाखा नगरिकन सामग्री वितरण गरिएको उनले बताए ।
शैक्षिक सामग्री वितरण गर्दै वडा नम्बर–५ का वडा सचिव बालकृष्ण मेहताले प्रत्येक वर्ष झै यस वर्षपनि छात्रवृति वितरण कार्यक्रमलाई निरन्तरता दिएको बताए । शिक्षा क्षेत्रमा बढी जोड दिएको र सामुदायिक विधालयमा सबैको समान पहुँच पुग्ने अभियानलाई समेत यस वर्ष निरन्तरतालाई कायम राखेको उनको भनाई छ ।
संस्थाका अध्यक्ष मोजम्मिल अहमदको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा वडा सदस्य अताबुल अन्सारी, सत्यनारायण यादव, महिला सदस्य सुखिया देवी पसवान, बतुलन खातुन,वडा सचिव बालकृष्ण मेहता,समाजसेवी सेराज फलाही, शिक्षक अजमेर अलि , गोल्डेन कुमार यादव र हरिनन्दन मेहता लगायतको सहभागी रहेको थियोे ।