भोक्राहा । गएराती परेको अविरल वर्षाका कारण डुवान भएका २० घरपरिवारलाई नेपाल मुस्लिम संघ प्रदेश १ का सभापति इसराईल मंसुरीले राहत वितरण गरेका छन् ।
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–५ (सिस्वोनी) टोलमा आएको बाढीले घरहरु डुबानमा परेपछि नेपाल मुस्लिम संघ १ नम्बर प्रदेशका सभापति मंसुरीले २० घरपरिवारलाई तत्काल राहत वितरण गरेका हुन् ।
नेपाल मुस्लिम संघ प्रदेश १ का सभापति इसराईल मंसुरी सहितको टोलीले बाढी प्रभावित क्षेत्रहरुको निरीक्षण पश्चात् २० घरपरिवारलाई जनही १ प्याकेट भुजा, चाउचाउ, बिस्कुट र १ कार्टुन पानी लगायतका सामग्री तत्काल उनीहरुलाई उपलब्ध गराएका हुन् ।
सो वडामा आएको बाढीबाट प्रभावित भएका घरपरिवारको नामावली संकलन गरी उनीहरुलाई राहत सामग्री वितरण गरिएको नेपाल मुस्लिम संघ १ नम्बर प्रदेशका सभापति मंसुरीले जानकारी दिए ।
गएराती वर्षाका कारण उनीहरुको घर डुबानमा परेको र बाढीबाट प्रभावित भएपछि आफूहरुको एक टोलीले निरीक्षण पश्चात् तत्काल खाधन्न सामग्री उपलब्ध गराएको सभापति मंसुरीको कथन छ ।
नेपाल मुस्लिम संघ १ नम्बर प्रदेशका सभापति मंसुरी सामाजिक कार्यमा जिम्मेवारी बहन गर्दै आएका छन् । उनले भोक्राहा नरसिंह गाउँपालिकाकामा सामाजिक कार्य गर्दै आएका छन् । कोरोना महामारीको बेलामा समेत सभापति मंसुरीले बिभिन्न ठाउँमा स्वास्थ्य सुरक्षाका सामग्री वितरण गरेका थिए ।
नेपाली कांग्रेसको भातृ संगठन नेपाल मुस्लिम संघ १ नम्बर प्रदेशको सभापति पदको जिम्मेवारी दिएदेखी नै संगठनप्रति वफदार भएर काम गरिरहेका छन् ।
सामाजिक उतरदायी भूमिका निर्वाह गर्दै आएका मंसुरीले सामाजिक अगुवाका रुपमा समेत परिचित छन् । भोक्राहा नरसिंह गाउँपालिकाका जनताको साथमा रहेर गरिव तथा अति विपन्न परिवारलाई सहयोग गर्ने भावनाले काम गर्दै आएका नेता समेत हुन् ।
मंसुरीले विपदको समयमा जागरुक्क भएर जनताको समस्यामा हातमा हात मिलाएर अघि बढ्ने नेताको रुपमा परिचित भएको स्थानीहरु बताउँछन् ।