इनरुवा । नेपाली कांग्रेसको भातृ संगठन नेपाल मुस्लिम संघले मुस्लिम समुदायको दोस्रो ठुलो महान चाडपर्व इदुल अजाहा (बकर ईद) पर्वको अवसरमा सार्वजनिक विदा दिनुपर्ने माग गर्दै सरकारलाई ज्ञापन पत्र बुझाएका छन् ।
मुस्लिम समुदायको इदुल अजाहा (बकर ईद) पर्व श्रावण ६ गते हुने भएकोले नेपाल मुस्लिम संघ केन्द्रीय समितिका अध्यक्ष अब्दुल सतारले गृहमन्त्री बालकृष्ण खाँडलाई ध्यानाकर्षण गराउँदै विदाको माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् ।
नेपाल मुस्लिम संघ प्रदेश नम्बर १ का अध्यक्ष हाजी इसराईल मंसु्रीले समेत केन्द्रीय सामितिलाई सरकारको यस विषयमा ध्यानाकर्षण गराउन अनुरोध गरेपछि गृहमन्त्री खाडलाई ज्ञापन पत्र बुझाएका थिए ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व सरकारले मुस्लिम समुदायको दोश्रो महान चाडपर्वको अवसरमा विदा कटौती गरेको हुनाले यस पटक सरकारले विदा दिनुपर्ने जोडदार रुपले माग गरेको छ ।
मुस्लिम समुदाय लगायतका अन्य समुदायका चाडपर्वका विदाहरु प्रधानमन्त्री शेरबहादुर देउवाले विगतका दिनमा स्थापित रहेका हुनाले विदा दिनुपर्ने अडान सहित सरकारलाई ज्ञापन पत्र बुझाएर ध्यानाकर्षण गराउँदै पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व सरकारले विदा कटौती गरी मुस्लिम समुदाय माथि धार्मिक प्रहार र अन्याय गरेको मुस्लिम संघको ठहर छ ।
कटौती गरिएका सम्पूर्ण विदा पुनः स्थापित गर्नुपर्ने नेपाल मुस्लिम संघले माग गर्दै आइरहेको जानकारी समेत गहृमन्त्रीलाई ज्ञापन पत्र मार्फत गराएका थिए । गृहमन्त्री खाँडलाई श्रावण ६ गते इदुल अजहा(बकर ईद) पर्व परेको हुदाँ अविलम्ब सार्वजनिक विदा घोषणा गरी मुस्लिम समुदायमा सकारात्मक सन्देश प्रवाह गर्न ज्ञापन पत्रका भनिएको छ ।
नेपाल मुस्लिम संघ प्रदेश नम्बर १ का अध्यक्ष हाजी इसराईल मंसु्रीले सरकारले विदा दिने सम्वन्धमा प्रक्रिया अगाढि बढाइएकोले श्रावण ६ गते सार्वजनिक विदा हुने कुरामा विश्वस्त रहेको सुनसरी अनलाइको कुराकानीमा बताए ।
नेपाली कांग्रेस सबै जातजातिको साझा पार्टी भएकोले वर्तमान प्रधानमन्त्री शेरबहादु्र देउवा नेतृत्व सरकारले मुस्लिम समुदाय लगायत अन्य समुदायलाई समेत हेर्ने दृष्टिकोण बराबर भएकोले आउने श्रावण ६ गते सरकारले सार्वजनिक विदा दिनेमा सबैलाई विश्वस्त रहन समेत हाजी मंसुरीले आग्रह गरेका छन् ।
नेपाल मुस्लिम संघले गृहमन्त्री बालकृष्ण खाँडलाई बुझाएको ज्ञापन पत्र जस्ताको त्यस्तै ।