झापा । होटलमा राखेर खोप विक्री गरेको आरोपमा बिर्तामोडवासीले एक जना स्वास्थ्यकर्मीलाई नियन्त्रणमा लिएर प्रहरी कहाँ बुझाएका छन् ।
बिर्तामोड नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ओम खड्काले १० हजार रुपैयाँ लिएर होटलमा खोप लगाएको बताउँदै स्थानीयले उनलाई नियन्त्रणमा लिएर प्रहरी र पत्रकार बोलाएका थिए ।
झापाका एसपी सानुराम भट्टराईका अनुसार स्थानीयको खबरपछि प्रहरीले घटनास्थल पुगेर खड्का पक्राउ गरेको छ । खोपको केही डोजसमेत बरामद गरेर इलाका प्रहरी कार्यालय, अनारमनीमा पठाइएको छ ।
‘उहाँले होटल क्वारेन्टिनमा बस्नेलाई भनेर जिल्लाबाट आएको खोप भएको र कसैबाट पैसा नलिएको बताउनु भएको छ’ भट्टराईले अनलाइनखबरसँग भने, ‘विस्तृत अनुसन्धान गरिरहेका छौं ।’ हालसम्म कसैले पैसा लिएको भनेर मौखिक वा लिखित उजुरी नदिएको उनले बताए ।
उजुरी दिए ठगीमा कारबाही प्रक्रिया अघि बढ्ने उनले बताए । उजुरी नपर्दा पनि के गर्ने भनेर सरकारी वकिलसँग समन्वय र छलफल भइरहेको उनले बताए । श्रोत अनलाइनखबर