काठमाडौं । जनता समाजवादी पार्टी ९जसपा० संसदीय दलको नेतामा उपेन्द्र यादव सर्वसम्मत चयन भएका छन् ।
उपेन्द्र यादव पक्षले पार्टीको आधिकारिकता पाएपछि शनिबार बसेको संसदीय दलको बैठकले अध्यक्ष यादवलाई दलको नेता चयन गरेको हो ।
अध्यक्ष यादवलाई संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले दलको नेता प्रस्ताव गरेका थिए, भने महेन्द्र राय यादवले समर्थन गरेका छन् । उक्त बैठकमा २१ जना सांसद उपस्थित भएका थिए ।
श्रोत:news24nepal.tv