Tuesday, July 28, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

यस्तो पनि जागिर खाने हो!

सुनसरी अनलाइन by सुनसरी अनलाइन
साउन ३०, २०७८
in FEATURE, साहित्य
यस्तो पनि जागिर खाने हो!
45
SHARES
Share on FacebookShare on Twitter

चिया पसलमा चिया गफ चलिरहेको थियो। आफ्नो पेसा र व्यवसायको गुणगान साथीहरूले सुनाइरहेका थिए।

बिल तिर्ने बेला भयो, म जुरुक्क उठेँ। मेरो साइड ब्यागबाट पैसा निकालेँ। साहुजीलाई पैसा तिर्न काउन्टरमा गएँ। साथी पछाडिबाट दौडिँदै आएकी रहिछ।

मेरो हात च्याप्प समाउँदै भन्न थाली, ‘तँ त टिचर होस् नि! बिचरा, घरखर्च पनि कसरी चलाउँछेस्? तीन महिनाको तलब लाख पनि नभेट्ने। हामी बरू महिनामै लाख कमाउने भयौं। तँ कलेज टपर भएर यस्तो जागिरमा झुण्डिएर बस्नुपर्‍या छ। जाबो तीस हजारको जागिर पनि के जागिर? मैले भनेको मान्छेस् भने छाडिदे यस्तो जागिर।’

किन हो कुन्नि त्यो दिन उसले मेरो जागिरलाई कौडीको दरमा बार्गेनिङ गर्दा पनि मलाई केही फरक परेन। निरन्तर अरूबाट हुने यस्ता व्यवहारले मलाई अभ्यस्त बनाइसकेको छ सायद। आजकल साथीसंगीहरूबाट हुने यस्ता व्यवहारले मलाई खासै असर गर्दैनथ्यो। किनकी शिक्षक बनेर विद्यार्थीको सपनाको हिस्सेदार हुन पाएकोमा म आफूलाई निकै भाग्यमानी ठान्थेँ।

मैले बुझेकी थिएँ, दिन कटाउन र तलब पकाउन शिक्षक बन्न सजिलो होला। तर कलिला मुनाहरूलाई सुन्दर भविष्यको सपना देखाउँदै सही मार्गमा डोर्‍याइदिने सच्चा, निष्ठा र कर्तव्यपरायण शिक्षक बन्न निकै जटिल छ।

***

चार वर्षको काठमाडौं बसाइपछि साथीहरू मलाई भेट्न आए। साधारण ड्रेसमा हातमा कालो डायरी लिएर गेटबाट छिर्नै लाग्दा निकै मिल्ने साथीले फोन गरी।

‘एकछिनका लागि भेटेर कुरा गर्नु छ।’

मेरो पिरियड खाली थिएन। त्यसैले केही समय कुर्न लगाएँ।

उसले फोनमै भन्न थाली, ‘ह्या कस्तो लाटी हो यो त? हाम्रो पालामा त सरहरू कक्षामै आउँदैनथे। अफिसमा काँक्रा काटेर खाएर बस्थे। चलेकै थियो। तँ पनि त्यही स्कुलको सरकारी शिक्षक नै त होस्। निकै ड्युटिफुल बन्दी रैछ।’

ऊ गलल्ल हाँसी।

तर मलाई मेरो पेसाको मजाक बनाएको फिटिक्कै मन परेन। आफ्नो पिरियड सकाएपछि मात्रै उसलाई भेट्न आएँ। अलिअलि ठुस्किएकी अनुहार लिएर बसेकी थिई ऊ। म मुसुक्क हाँस्दै उसलाई त्यतिका बेरसम्म कुराएको माफी मागेँ।  मेरो कोठामा लगेँ।

आफ्नो ब्यागबाट एउटा घडी निकालेर भन्न थाली, ‘ला तँलाई उपहार ल्याइदिएकी छु। पच्चीस हजारको घडी।’

के के न मैले ल्याइदिन पठाएजस्तो। दिनुभन्दा पहिला मूल्य सुनाउनु पर्ने उसलाई। उसको मन दुख्ला भनेर केही नबोली लिएँ।

आफ्नो देब्रे हातको घडी देखाउँदै ऊ कड्किन थाली, ‘यो त मेरो बुढाले युएसएबाट ल्याइदिनुभएको। पचहत्तर हजारको घडी। हेर्न कस्तो राम्रो छ।’

मनमनै सोचेँ- पचहत्तर रूपैयाँको संस्कार छैन। त्यस्तो महँगो घडी हातमा लाएर के के न शान देखाउनुपर्ने!

मलाई उसको भौतिकताको फूर्तिफार्तीले केही गलाएन।

तर म दोधारमा परेँ- यो मान्छे मलाई भेट्न आएकी हो कि सम्पत्तिको रवाफ देखाउन?

एकछिनपछि सोध्न थाली, ‘घडेरी कहाँ किनिस्? घर पो बनाइसकिस् कि?’

मैले टाउको हल्लाउँदै भनेँ, ‘नाइँ बनाको छैन।’

‘विचरा मास्टरको जागिर के खाने, के लाउने?’ मन फुकाएर हाम्रो जस्तो लवाइखवाइ गर्ने हो भने त ऋण नै लाग्छ होला है तिमीहरूलाई त?’

ऊ त्यसैमाथि अझै थप्दै थिई। म चुपचाप सुन्दै थिएँ।

‘छाड्दे यी भावनाका कुरा। तैले दुःख पाउने भइस् मास्टरको जागिर खाएर। यो जागिरले के नै सुख हुन्छ र? दुनियाँको टोकसो सहन पर्छ। मेरो कम्पनीको सेयरहोल्डर बनिस् भने तँलाई मालामाल बनाइदिन्छु केटी। तँ जस्तै साथीको जरुरत छ मलाई।’

मैले उसको प्रस्ताव ठाडै इन्कार गरेँ। पैसा कमाउने होडबाजीमा मैले जिम्मेवारी कसरी बिर्सन सकुँला र? आफ्ना सन्तानसँगै हजारौं अरू लालाबालाको भविष्य मेरो हातमा छ। सम्पत्ति दिन नसकुँला तर कमाइले दिन नसक्ने संस्कार पाइला–पाइलामा दिन सक्नेछु।

उसले पक्कै ठानेकी थिई, म घमण्डी भएर ‘बिग्रेकी’ हुँ।

मेरो बाटो अलग थियो। न म उसलाई भेट्टाउन सक्छु न उसले मलाई। त्यस दिनपछि हामी छुट्यौं। सम्पर्कबिहीन भयौं।

***
एकदिन स्कुलमा अभिभावक भेला थियो। साथीको छोरो मेरै स्कुलमा पढ्थ्यो। ऊ भने खरिदारको जागिर खान्थ्यो। जागिर गर्न थालेको उसले भन्दा पहिले मैले नै हो। तर उसको पोखरामा घर बनिसकेछ। तलब त उस्तै उस्तै हो, खै कसरी घर बनाएछ? निकै वजनदार बन्दै थियो।

म भने असिन–पसिन भएर अभिभावकलाई बस्ने ठाउँ मिलाउँदै थिएँ। उसको नजिकै थिएँ।

ऊ मेरो कानमा साउती गर्न थाल्यो, ‘यस्तो जागिर नि के खान मन लागेको तिमीलाई? अलि जाँगर गरे त लोकसेवामा नाम निकाली हाल्थ्यौ नि!’

‘सबै तिमीजस्तै जागिरे भए भने तिम्रा-हाम्रा छोराछोरीलाई पढाउने कसले त?’ म मन नलागी-नलागी खिस्स हाँसे।

***

पसलमा हर्लिक्स किन्न गएकी थिएँ। डेट एक्स्पायर भएको रहेछ। किनिनँ।

यही निहुँमा पसले दाइले प्याच्च बोले, ‘मास्टरहरू निकै लोभी हुन्छन्। बार्गेनिङ गरेर हैरान। त्यसमाथि पनि डेट हेर्ने। निकै पढेलेखेको बन्छन्।’

म पनि के कम! त्यही मेसोमा भन्दिएँ, ‘यस्ता एक्स्पायर चिज बेच्दा तपाईंको पसलको विश्वसनीयता पनि एक्स्पायर होला। पछिसम्मलाई साँच्चिकै व्यापारी बन्ने हो भने ग्राहकलाई खुसी राख्न सक्नुपर्छँ। पहिलो गासमै ढुंगा लागेपछि कुन ग्राहक तपाईंकोमा फर्केर आउँछ।’

पसले वाल्ल परे।

‘होइन म्याडम, यो डेट हेर्ने कसरी हो? सिकाउनुस् त सामान फिर्ता गर्नुपर्‍यो,’ बल्ल ऊ ठाउँमा आए।

उनलाई डेट हेर्न सिकाइदिएँ। पसलका अरू सामान पनि मिति गुज्रिसकेका रहेछन्। हिजै मात्र किनेको भन्दै थिए।

***

दाइको छोरीको नागरिकता बनाउनुपर्ने थियो। नगरपालिकामा गएँ। निकै भीड थियो। सबैले तँछाडमछाड गर्दै हातमा माला लिएर बसेका। यसो पछाडि हेरेको त नेता आउँदै रैछन्। ती नेता अरू कोही थिएनन्, मैले पढाएको विद्यार्थी थिए।

मालाले गर्धन पुरिएको थियो। सुरूमा त मलाई ठम्याउनै मुश्किल भयो। उनले मलाई पुलुक्क हेरे। नचिनेजस्तो गरी एकातिर मुन्टो फर्काए।

मनमनै सोचेँ- आखिर तिनको गुरु नै त हो म। हाइहेल्लो गर्दैमा के अनर्थ हुन्थ्यो र!

***

स्कुलको स्टाफ मिटिङ चल्दै थियो।

स्कुलको पढाइ किन खस्किँदो छ, आजसम्म विद्यार्थीमैत्री वातावरण भन्दै आएका छौं तर व्यवहारमा किन लागू हुन सकेन, यही विषयवस्तुमाथि छलफल भइरहेको थियो। हामीबीच नै एकले अर्कोमाथि दोष थोपारिरहेका थियौं। चर्काचर्की हुन थाल्यो। दुई-चार जना साथीसँग ठाकठुक पनि भयो। मिटिङ खल्लो भएर सकियो।

शिक्षकलाई गाली गर्दैमा शैक्षणिक क्रियाकलाप सुध्रिने हो? सबैले आफ्नो आङको फोहोर अरूमाथि थोपर्ने प्रवृत्ति हटाउनुपर्छ। शिक्षकको काम पढाउनु हो, खास काम गरेर विद्यार्थीको लक्ष्यलाई उचाइ प्रदान गर्नु हो।

एक सच्चा शिक्षकको सही मूल्यांकन मात्रै हुन सक्यो भने पनि शिक्षा क्षेत्रका आधा समस्या हल भएर जान्छन्। आफ्नो कर्तव्यप्रति कटिबद्ध अधिकांश शिक्षकलाई बदनाम शिक्षकसँग जोडेर शिक्षण पेसाको गरिमालाई गिराउने काम यद्यावधिक रहिरहे शिक्षा क्षेत्र कहिल्यै उँभो लाग्न सक्दैन।

शिक्षक पनि शिक्षक नै भएर मर्यादित बन्न सक्नुपर्छ। दामसँगभन्दा पनि कामसँग सरोकार राख्ने हो भने शैक्षिक सुधार हुन्छ।

शिक्षकलाई जे भने नि हुने, जे गरे नि हुने बनाइएको छ। आफूमाथिको यो अपमान बन्द गर्न असल र ‘बोल्ड’ शिक्षक बनेर सेवा गरौं। प्रशासनले शिक्षकलाई प्रोत्साहन गर्‍यो भने मात्रै पनि आधा बोझ चुट्कीमै गायब हुन्छ। विद्यार्थीमैत्री सँगसँगै हरेक स्कुल शिक्षकमैत्री पनि हुन जरुरी छ ताकि आफ्नो पेसाप्रति कुनै शिक्षकलाई आत्मग्लानी नहोस्। श्रोत :www.setopati.com

(लेखक कमला अधिकारी श्री बालसिद्ध मा.वि., स्याङ्जामा शिक्षक छिन्।)

Share18Tweet11SendScan
Previous Post

तालिबानी कब्जाको त्रासले संवेदनशील कागजात र सामग्री नष्ट गर्दै काबुलस्थित अमेरिकी राजदूतावास

Next Post

रचना रिमालको ‘जिन्दगीको बिसाउनीमा’ रिलिज (भिडिओ)

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
रचना रिमालको ‘जिन्दगीको बिसाउनीमा’ रिलिज (भिडिओ)

रचना रिमालको ‘जिन्दगीको बिसाउनीमा’ रिलिज (भिडिओ)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

मङ्ल, साउन १२, २०८३
Tue, July 28, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In