इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ का साकिर आलम जन्मदेखी नै दृष्टिविहिन व्यक्ति हुन् । आलम हेर्न सक्दैन् तर स्पष्ट बोल्न सक्ने क्षमता भएका युवा हुन् ।
आर्थिक अवस्था कमजोर भएका आलम एक जेहेन्दार युवा हुन् । आलमलाई अध्ययन गर्न समस्या भएको छ ।
आर्थिक समस्या कारण परीक्षा दिन नपाएको गुनासो गर्दै आलमले अध्ययन गर्न समस्या भएको बुधवार भोक्राहाको चिरौली चौकमा गुनासो गरेका हुन् ।
भोक्राहा नरसिंह गाउँपालिका–४ का मोहम्मद सहजाद आलमको छोरा हुन् साकिर आलम । बुवाको जन्मसिद्ध नागरिकता भएकोले आफूले पनि जन्मसिद्ध नागरिकता बनाउनुपर्ने बाध्यता भएको साकिर आलमको कथन छ ।
म नेपालकै नागरिक भएर पनि जन्मसिद्ध नागरिकता लिनुपर्ने मेरो बाध्यतालाई सरकारले यस विषयमा ध्यानदिनुपर्ने आलमको भनाई छ ।
सरकारलाई उनले आग्रह गर्दै जन्मसिद्ध नागरिकता खारेज गरेर बंशज नागरिकता दिने कानुन बनाउनुपर्नेमा जोड दिएका थिए । नेपाली नागरिक भएरपनि जन्मसिद्ध नागरिकता लिनु भन्दा देश निकाला गर वा भुटानी सरनाथी कायम गर उनले भने ।
विश्वमा छुट्टै सान आउँदैछ, विकासको सुनौलो अभियान आउँदैछ, आशा देखाएर ज्युँदै मार्नेहरुको निम्तिःतिखो छुरा झैँ पहिचान आउँदैछ भन्ने नाराका साथ साकिर आलमले भोक्राहाको चिरौली चौकमा पत्रकार सम्मेलनको आयोजना गरी देशमा भइरहेको गतिविधि, एमसीसी विरुद्ध,आश्वासन दिनेहरुलाई खबरदारी, सरोकारवालाहरुलाई ध्यानाकर्षण लगायतका विषयमा बोलेका थिए ।
आलमका अनुसार पढेर ठूलो मान्छे बनेर अघि बढनु छ । उनले भने, ‘ म आफैलाई चिनाउने प्रयास गरेको छु । आफनो फरक किसिमको पहिचानलाई समाजमा स्थापति गर्न चाहेको छु । जन्मसिद्ध नागरिकताको बारेमा सरोकारवालाहरु समक्ष पुर्याउनका लागि र एमसीसी विरुद्ध आफनो आवाजलाई केही व्यक्तिहरुले दवाउन खोजेको र पारिवारिक दवाव आएको भएपनि आफू चिरौली चौकमा उभिएर देशको समसमायिक विषयमा उनले धारणा राखेका थिए ।
नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल
सुनसरी । नेपाल धानुक समाज सुनसरीको तेस्रो जिल्ला अधिवेशनले प्रेमलाल मण्डलको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरी सोमबार सपथ...