लघुकथा
“सुरक्षा “
कान्छीले पति विदेश हुँदा परपुरुषसँग सम्बन्ध राखेकी थिई । पुरुषलाई रातिसम्म लुकाएर राख्थी र सबै सुतेपछि मोज गर्थी । पतिको कमाइ अनेक बहानामा पुरुषले लैजान्थ्यो ।
एकदिन उसले पुरुषलाई भनी-” मेरो लोग्ने आउँदैछ । नगद र सुन , चाँदीको व्यवस्था गरिदिनु । ”
” सुन ,चाँदी सुनारेमा राखेको छ ल्याइदिहाल्छु ।” पुरुषले आश्वासन दियो ।
तर जति ताकेता गरेपनि आश्वासन मात्र दियो ।
एकदिन
” लोग्नेले टिकट काटिसक्यो । खोइ सामान र पैसा ? ” राती दस बजे पुरुषको अगालोमा बेरिदै सानीले भनी ।
” ल, ल दिई हाल्छु । पहिले मेरो एउटा काम गरिदेउ न त ।”
” के ?”
” पछि भनौंला । ”
यसको दुई दिनमा सानीलाई पुलिसले समात्यो ।
उनीहरुको सम्बन्धबारे हल्ला सुनेकाहरू छक्क परे । किन पुरुषको हत्या गरी ?
उसले बयान दिई-” तिम्रो चौध वर्षे छोरीसँग पनि सम्बन्ध राख्न देऊ भन्यो अनि छोरीको सुरक्षाका लागि मारिदिएं । ”
लेखक : रमेन्द्र काइराला