Friday, September 4, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home Uncategorized

मुख्यमन्त्री स्वच्छता कार्यक्रम : आफन्त भर्ती र अनियमितताको केन्द्र

मुख्यमन्त्रीका भतिज, सचिवका छोरासहित १० कर्मचारी नियुक्त तर नियमित कार्यालय पुग्ने एकजना मात्रै ४ आवमा झन्डै डेढ अर्ब विनियोजन भएको कार्यक्रमको न संयोजक छन्, न योजना छनोट प्रक्रिया पारदर्शी छ

सुनसरी अनलाइन by सुनसरी अनलाइन
भदौ ४, २०७८
in Uncategorized, मुख्यमन्त्री, समाचार
मुख्यमन्त्री स्वच्छता कार्यक्रम : आफन्त भर्ती र अनियमितताको केन्द्र
54
SHARES
Share on FacebookShare on Twitter

धनुषा — प्रदेश सरकारको महत्त्वाकांक्षी अभियान मुख्यमन्त्री स्वच्छता कार्यक्रम मुख्यमन्त्री र सचिवका आफन्त भर्ना तथा अनियमितताको आरोपले विवादित बनेको छ । मुख्यमन्त्री लालबाबु राउतले आफ्नै भतिजा र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव यामप्रसाद भुसालका छोरालाई करारमा नियुक्त गरेका छन् ।

राउतका प्रेस संयोजकको जिम्मेवारीसमेत सम्हालिरहेका आतिशकुमार मिश्रलाई कार्यक्रमको अधिकृतस्तर (सातौं) मा नियुक्ति दिइएको छ । सचिव भुसालका छोरा प्रदीप भुसाललाई सहायक समन्वयकर्तामा नियुक्त गरिएको छ ।

उनीहरूले पदअनुसार सरकारी सेवासुविधा लिइरहे पनि मिश्रले हालसम्म कार्यालयमा पाइला नटेकेको र भुसालले सातामा एकचोटि हाजिर गर्ने गरेको मुख्यमन्त्री कार्यालय स्रोतले जनायो । सचिव भुसालकी श्रीमती टीका भुर्तेललाई पनि दैनिक ज्यालादारीमा नियुक्त गरिएको छ । बाँकी कर्मचारी पनि अरू मन्त्री र नेता निकटका छन् । सचिव भुसालले स्वच्छता कार्यक्रममा परिवारका सदस्य नियुक्त गरेको स्विकार्दै यसबारेमा मुख्यमन्त्रीसमेत जानकार रहेको बताए ।

सचिव भुसालले छोरालाई स्वच्छता कार्यक्रमको कर्मचारी बनाएको कारण भने चाखलाग्दो छ । ‘मुख्यमन्त्री कार्यालयमा बस्दा दलका नेता–कार्यकर्ता आएर थर्काउँछन् । सहयोग होस् भनेर छोरालाई पनि नियुक्त गरेर सँगैको कार्यालयमा राखेको छु,’ उनले भने, ‘एक्लै बस्न समस्या भएपछि छोरालाई सँगै राखेको हुँ ।’ कार्यक्रमको कार्यालय अस्थायी रुपमा मुख्यमन्त्री कार्यालयमै स्थापना गरिएको छ । कार्यक्रमले विभिन्न तहमा १० जना कर्मचारी नियुक्त गरेको छ । करारमा तीन जना सातौं तह, एक जना छैटौं तह, दुई जना पाँचौं तह र चार जना श्रेणीविहीनमा नियुक्त गरिएको हो ।

स्वच्छता कार्यक्रमअन्तर्गत पोखरी सौन्दर्यीकरण र धार्मिक स्थलको मर्मतसम्भारमा अनियमितता भएको भन्दै जनकपुरका सरोज मिश्रले मुख्यमन्त्री कार्यालयमा सूचनाको हक प्रयोग गर्दै जानकारी माग गरेका थिए । मुख्यमन्त्री कार्यालयले उपलब्ध गराएको सूचनाअनुसार स्वच्छता अभियानमा मुख्यमन्त्री र सचिवले आफ्नै परिवारका सदस्य नियुक्त गरेको खुलेको हो । स्वच्छता कार्यक्रमका लागि करारमा नियुक्त केही कर्मचारीलाई भने मुख्यमन्त्री कार्यालयले अन्य काममा पनि लगाएको पाइएको छ । स्वच्छता अभियानका कम्प्युटर अपरेटर सहायक पाँचौं तहमा नियुक्त अनिताकुमारी महतोलाई कार्यालयको दर्ता चलानी फाँटमा खटाइएको छ । कार्यक्रमका १० कर्मचारीमध्ये महतो मात्र हरेक दिन कार्यालय पुग्छिन् ।

प्रदेशमा रहेको धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पुरातात्त्विक महत्त्वका क्षेत्र, पोखरी, सरकारी कार्यालय र सार्वजनिक स्थलको मर्मतसम्भार, सरसफाइ र स्वच्छतालाई अभियानको रूपमा अगाडि बढाउने उद्देश्यले मुख्यमन्त्री राउतले कार्यकालको पहिलो वर्षदेखि नै यो कार्यक्रमलाई बजेटमै समेट्न लगाएका थिए । स्वच्छता कार्यक्रमअन्तर्गत धार्मिक र सांस्कृतिक महत्त्वका पोखरीको संरक्षण र मर्मतसम्भार तथा निर्माणको काम निरन्तर भइरहेको मुख्यमन्त्री कार्यालयका अधिकृत सुरेन्द्र कर्णले दाबी गरे । गत आर्थिक वर्ष ०७७/७८ मा स्वच्छता कार्यक्रमका लागि ५४ वटा योजनामा बजेट विनियोजन गरेको कर्णले जानकारी दिए । ‘गत वर्ष ५३ करोड ४० लाख रुपैयाँ बजेट छुट्याएका थियौं । चालु वर्षमा ३१ करोड रुपैयाँ बजेट छ ।’

मुख्यमन्त्री राउतले आर्थिक वर्ष ०७५/७६ मा प्रदेशभित्र एक घर एक शौचालय कार्यक्रम कार्यान्वयन गरी हरित सडक, हरित नगर, हरित ग्राम, हरित पोखरी, हरित मन्दिर, हरित नदी अभियानलाई समेट्दै स्वच्छता कार्यक्रम थालेका थिए । कार्यक्रमकै लागि त्यस वर्ष २१ करोड ६१ लाख बजेटसमेत विनियोजन भएको थियो । आव ०७६/७७ मा ३१ करोड ३३ लाख छुट्याइएको थियो । यसरी ४ आवमा १ अर्ब ३७ करोड ३४ लाख रुपैयाँ यो कार्यक्रमका नाममा गएको छ । तर करोडौं बजेट हुने अभियानको आफ्नै छुट्टै कार्यालय र कार्यक्रम संयोजकसमेत छैनन् । योजना छनोट प्रक्रिया पनि पारदर्शी छैन ।

मुख्यमन्त्री कार्यालयमातहतको यो कार्यक्रमअन्तर्गत योजना छनोट, मूल्याकंन, अनुगमन, बजेट र अन्य प्रशासनिक कामबारे कर्मचारीलाई नै जानकारी हुँदैन । कार्यालयको योजना शाखामा पनि यसबारे कुनै जानकारी छैन । गोपनीय ढंगबाट योजना छनोट र बजेट विनियोजन हुने गरेको कर्मचारीहरू बताउँछन् ।

स्वच्छता कार्यक्रमअन्तर्गत सर्लाहीको मंगलवा–७ स्थित मुसैलीमा पुरानो पोखरीको पर्यटकीय सौन्दर्यीकरणमा आर्थिक अनियमितता भएको भन्दै स्थानीयले अख्तियारलगायत निकायमा उजुरी हालेका छन् । पोखरी सौन्दर्यीकरणमा ६१ लाख २९ लाख रुपैयाँ खर्चिए पनि महिना दिन नबित्दै पर्खाल भत्केको छ । प्रदेश मामिला तथा कानुन समितिका सभापति अशोक यादवले पनि उक्त पोखरीको सौर्न्दीकरणमा आर्थिक अनियमितता भएको दाबी गर्दै छानबिन हुनुपर्ने माग गरे । समितिले प्रदेश सरकारसँग स्वच्छता कार्यक्रमअन्तर्गत भएका कामको विवरण मागे पनि मुख्यमन्त्री कार्यालयले उपलब्ध नगराएको उनले बताए । श्रोत : ekantipur.com

Share22Tweet14SendScan
Previous Post

किन रोज्छन् ठुला नेताहरुले सुनसरी क्षेत्र नं.४?

Next Post

चितवनमा कोभिड सङ्क्रमितका लागि छुट्टै मिर्गौला डायलासिस सेवा

Related Posts

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन
FEATURE

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

by सुनसरी अनलाइन
भदौ २, २०८३
0

सुनसरी । साउन १० गते सुनसरीको कप्तानगञ्जमा तीन जनाको ज्यान जाने गरी भएको घटनापछि कोशी र मधेस प्रदेशमा भएको हिंसाको...

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
Next Post
चितवनमा कोभिड सङ्क्रमितका लागि छुट्टै मिर्गौला डायलासिस सेवा

चितवनमा कोभिड सङ्क्रमितका लागि छुट्टै मिर्गौला डायलासिस सेवा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन
FEATURE

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

by सुनसरी अनलाइन
भदौ २, २०८३
0

सुनसरी । साउन १० गते सुनसरीको कप्तानगञ्जमा तीन जनाको ज्यान जाने गरी भएको घटनापछि कोशी र मधेस प्रदेशमा भएको हिंसाको...

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शुक्र, भदौ १९, २०८३
Fri, September 4, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In