Sunday, January 18, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home Uncategorized

किन रोज्छन् ठुला नेताहरुले सुनसरी क्षेत्र नं.४?

सुनसरी अनलाइन by सुनसरी अनलाइन
भदौ ४, २०७८
in Uncategorized
किन रोज्छन् ठुला नेताहरुले सुनसरी क्षेत्र नं.४?
231
SHARES
Share on FacebookShare on Twitter

सुनसरी क्षेत्र नं. ४ नेपाली काँग्रेसका लागि एतिहासीक क्षेत्र हो । प्रजातन्त्रका लागि लडने योद्धाहरुको रणभूमि हो । नेपालको पहिलो प्रजातान्त्रिक प्रधानमन्त्री विशेश्वर प्रसाद कोइराला यसै क्षेत्रबाट जितेकाले पनि यस क्षेत्रको पहिचान नेपालको इतिहासमा विरलै छ । महामानव विशेश्वर प्रसाद कोइरालाको यस क्षेत्रको भुटाहालाई यस्तो ठाउँको रुपमा विकास गर्ने सोच थियो कि नेपाल आउने हरेक विदेशी पाहुनाले भुटाहालाई हेर्न आओस् । किनकी निरंकुश राणाशासनको विरुद्ध लड्दा विशेश्वर प्रसाद कोइराला आफुलाई बढि सुरक्षित र युद्ध रणनीति बनाउने ठाँउ भुटाहालाई नै विश्वास गरेर वहाँ भुटाहालाई सुरक्षित सेल्टर ठाँउको रुपमा प्रयोग गर्नु भएको थियो । यहाँका जनतामाथि पूर्ण विश्वास थियो ।

त्यसैले वहाँ नेपालको पहिलो प्रजातान्त्रिक प्रधानमन्त्रि बनेपछि सुनसरीको सदरमुकाम भुटाहालाई नै घोषणा गर्नु भयो र सदरमुकाम बनाउनका लागि विभिन्न सरकारी कार्यालयहरुको पक्कि भवनहरु बनाउनु भयो । जनतालाई सेवा लिन सजिलो होस् भनि एकै ठाउँमा बनाइएका त्यसबेलाका सरकारी भवनहरु अहिले जुन जीर्ण अवस्थामा छन् । एतिहासिक, पुरातात्विक ति भवनहरु जो संरक्षणको अभावमा छन् प्रहरी चौकी ,भुटाहा र स्थानीय सुकुम्बासीहरुले प्रयोग गरि रहेका छन् ।

२०४६ सालको प्रजातन्त्र पुर्नबहाली पश्चात स्व.गिरिजा प्रसाद कोइराला पनि पटक पटक यसै क्षेत्रबाट निर्वाचित भई प्रधानमन्त्रि बने , यस्तै मधेश आन्दोलनको आडमा पनि मधेशका मसिहा बनेका उपेन्द्र यादव पनि निर्वाचित भए , नेकपा एमालेका जगदिश कुसियैत पनि काँग्रेस भित्रको विद्रोहको फाइदा उठाएर साँसद बन्न सौभाग्य पाए , अहिले नेपाली काँग्रेसका प्रभावशाली बौद्धिक तथा अति नै सालिन स्वभावका नेता ज्ञानेन्द्र कार्की वर्तमान साँसद छन् र नेपाल सरकारका कानुन तथा न्याय मन्त्रि पनि हुन् ।

यसरी सरसरति हेर्दा सुनसरीको निर्वाचन क्षेत्र नं. ४ मा नेपाल काँग्रेस पार्टीका ठुला नेताहरुले यसै क्षेत्रलाई रोजेर यहाँका जनताका अपार माया प्राप्त गरेका छन् । समयानुकुल विरलै परिस्थितिमा उपेन्द्र यादव र जगदिश कुसियैतले मात्र चुनाव जितेका हुन् ।
क्रुर राणा शासनको बेलामा पनि निडर भई प्रजातन्त्रको पक्षमा उभिएका यस क्षेत्रका जनताहरुले शान्ति र विकास , आवाजविहिनहरुको आवाज ल्याउनका लागि संघर्ष गरे , नेपाली काँग्रेसलाई अथाह माया र स्नेह दिए उनका पिढीहरुले पनि अहिलेसम्म नेपाली काँग्रेसलाई विश्वास गरेकै छन् । यस क्षेत्रलाई काँग्रेसमय बनाएकै छन् ।

इतिहासलाई कायम राखेकै छन् । कम्युनिष्टको प्रभाव र मधेश आन्दोलनको प्रभावले केही समयका लागि यस क्षेत्रको नेतृत्व नेपाली काँग्रेसले गुमाए पनि अन्ततः कालो बादल हटेपछि यहाँका जनताहरुले नेपाली काँग्रेसलाई नै भविष्य मान्दै काँग्रेसमय बनाएको छ ।यहाँका जनता शिक्षा, आर्थिक , स्वास्थ्य, कृषि, उद्योगधन्दा , कलकारखाना , सडक यातायात लगायतका क्षेत्रमा धेरै नै पिछिडिएका छन् ।

राजनितिक चेतनाको हिसाबले धेरै नै पछाडि छन् तथापी प्रजातान्त्रिक विचारधारालाई आत्मसात गर्दै मुटु माथि ढुंगा राखेर भए पनि नेपाली काँग्रेसका लागि सुरक्षित क्षेत्र बनाएका छन् जसको नेतृत्व गर्न नेपाली काँग्रेसका ठुला नेताहरु यस क्षेत्रलाई सुरक्षित ठानेर नै रोज्ने गरेका छन् । विपीको सपना साकार गर्नका लागि होइनन् । यदि वास्तवमा विपिको सपना साकार गर्ने हो भने अहिलेको वर्तमान साँसद कार्कीले सुनसरीको दक्षिणी भेग जहाँ विपीको ठुलो सपनाहरु लुकेका छन् त्यता तिर किन ध्यान दिइ रहेका छैन ? भारतीय दुतावासबाट यताका विद्यालयहरुको भवनहरु किन बन्दैनन् ? , किसानहरुको खेतमा किन सिँचाईको व्यवस्था हुँदैन् ?

, समयमा मलखाद, बिउविजन तथा बजारमा उचित मुल्य किन पाउँदैन ? ,आधुनिक शिक्षण अस्पताल किन बन्दैन ? , बाढि डुवानबाट यहाँका जनता किन मुक्त हुदैन ? , आगलागीको चपेटामा परेर वर्षेनी करौंडोको धनजनको क्षति किन हुन्छ ? , साठि वर्ष पहिला विपीको सपनाको प्रतिक भुटाहामा बनेका जीर्ण भवनहरुको जीर्णोधार गरि पर्यटन विकास तर्फ किन ध्यान दिदैन ?

सवालहरु तितोसत्य छन् एतिहासिक सुनसरी क्षेत्र नम्बर ४ लाई रोज्ने नेपाली काँग्रेसका ठुला नेताहरुले आफु मात्रै सुरक्षित हुने कि जनताको पनि जनसवालहरु प्रति गम्भिर बन्ने त्यतातिर ध्यान दिन जरुरी छ । लेखक:ताविल अंसारी

Tags: नेपाली कांग्रेसरणभूमिसुनसरी क्षेत्र नं. ४
Share92Tweet58SendScan
Previous Post

भाइरल ज्वरोका बिरामी ह्वात्तै बढे , नआत्तिन चिकित्सकको अनुरोध

Next Post

मुख्यमन्त्री स्वच्छता कार्यक्रम : आफन्त भर्ती र अनियमितताको केन्द्र

Related Posts

इलाममा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते
Uncategorized

इलाममा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते

by सुनसरी अनलाइन
साउन १९, २०८१
0

इलाम । इलाममा मोटरसाइकल दुर्घटनामा परी एकको मृत्यु भएको छ । अन्य दुई जना गम्भीर घाइते भएका छन् ।झापाबाट माई...

कोशी प्रदेशमा माओवादीका मन्त्रीले राजीनामा दिँदै
Uncategorized

कोशी प्रदेशमा माओवादीका मन्त्रीले राजीनामा दिँदै

by सुनसरी अनलाइन
साउन ११, २०८१
0

विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिने भएको छ । माओवादी केन्द्रबाट हिक्मतकुमार कार्की नेतृत्वको वर्तमान सरकारमा रहेका...

जिल्ला अस्पताल सुनसरीमा १० वर्ष मुनिका  बालबालिकाको निःशुल्क उपचार

जिल्ला अस्पताल सुनसरीमा १० वर्ष मुनिका बालबालिकाको निःशुल्क उपचार

चैत्र १५, २०८०
विराटनगर शैक्षिक क्षेत्रको हव बन्दै छ : महानगर प्रमुख कोइराला

विराटनगर शैक्षिक क्षेत्रको हव बन्दै छ : महानगर प्रमुख कोइराला

मंसिर २१, २०८०

चैत्र १९, २०७९
आर्थिक अवस्था कम्जाेर भएका ५जनालाई उच्च शिक्षा प्रदान

आर्थिक अवस्था कम्जाेर भएका ५जनालाई उच्च शिक्षा प्रदान

असार २२, २०७९
Next Post
मुख्यमन्त्री स्वच्छता कार्यक्रम : आफन्त भर्ती र अनियमितताको केन्द्र

मुख्यमन्त्री स्वच्छता कार्यक्रम : आफन्त भर्ती र अनियमितताको केन्द्र

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई
FEATURE

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई

by सुनसरी अनलाइन
पुस २४, २०८२
0

सुनसरी । सुनसरी जिल्ला भोक्राहा नरसिंह गाउँपालीका बाट मन्त्री हुने सम्भवतः प्रथम व्यक्ति नेपाली कांग्रेसका नेता हाजी डाक्टर इस्राइल मन्सुरीलाई...

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

पुस २३, २०८२
राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

पुस २३, २०८२
सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

पुस २३, २०८२
शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

पुस २१, २०८२
काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

पुस २१, २०८२
लौकहीमा गोली चलाउने एपीएफका हवल्दार पक्राउ, बीओपी टोली फिर्ता

लौकहीमा गोली चलाउने एपीएफका हवल्दार पक्राउ, बीओपी टोली फिर्ता

पुस १८, २०८२
अमिरबाट १३ नेपाली कैदीलाई आममाफी

अमिरबाट १३ नेपाली कैदीलाई आममाफी

पुस १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, माघ ४, २०८२
Sat, January 17, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In