इनरुवा । जिल्ला प्रशासन कार्यालय सुनसरीलाई कतार च्यारेटीले सार्वजनिक शौचालय हस्तान्तरण गरेको छ । प्रशासन कार्यालय इनरुवा सुनसरीलाई कतार च्यारेटीले शुक्रवार एक कार्यक्रमका बीच सार्वजनिक शौचालय हस्तान्तरण गरेको हो ।
हिदायत एजुकेश्नल एण्ड वेलफेयर ट्रष्ट नेपालको आयोजना र कतार च्यारेटीको सहयोगमा जिल्ला प्रशासन कार्यालय इनरुवामा निर्माण कार्य सम्पन्न भएको सार्वजनिक शौचालय हस्तान्तरण गरिएको आयोजकले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीमा सार्वजनिक शौचालयको अभावका कारण सेवाग्राहीहरुलाई शौच गर्न समस्याको अन्त्यका लागि कतार च्यारेटीको आर्थिक सहयोगमा सार्वजनिक शौचालय निर्माण कार्य सम्पन्न भई शुक्रवार हस्तान्तरण गरिएको हिदायत एजुकेश्नल एण्ड वेलफेयर ट्रष्ट नेपालले जनाएको छ ।
हिदायत एजुकेश्नल एण्ड वेलफेयर ट्रष्ट नेपालका अध्यक्ष मौलाना हारुण खाँले सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाललाई शुक्रवार एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको बताए ।
अध्यक्ष खाँले प्रशासन कार्यालयभित्र सबैलै सार्वजनिक शौचालयको प्रयोग गर्ने गरी बनाएको बताए । सर्वसाधारणहरुले बाहिर जानु पर्ने बाध्यता हटेर गएको उनले बताए । कतार च्यारेटीको सहयोगमा सामाजिक क्षेत्रमा योगदान पुर्याइ रहेको समेत उनले बताए ।
सार्वजनिक शौचालयको साँचो सुनसरीका प्रमुख जिल्ला अधिकारी ढकाललाई साँचो हस्तान्तरण गरिएको हिदायत एजुकेश्नल एण्ड वेलफेयर ट्रष्ट नेपालका कार्यक्रम संयोजक हजरत हुसैनले बताए ।
कार्यक्रम संयोजक हुसैनले लामो समयदेखी सुनसरीमा हिदायत एजुकेश्नल एण्ड वेलफेयर ट्रष्ट नेपालले गरिब तथा निमुखा जनताको हकमा काम गर्दै आएको र शिक्षा,स्वास्थ्य क्षेत्रमा समेत योगदान पुर्याउँदै आएको समेत बताए । सार्वजनिक शौचालय ६ लाख ११ हजार लागतमा निर्माण कार्य सम्पन्न गरी जिल्ला प्रशासन कार्यालय सुनसरीलाई हस्तान्तरण गरिएको कार्यक्रम संयोजक हुसैनले बताए ।