इनरुवा । नेपाल कम्युनिष्ट पार्टी एमालेको भातृसंगठन राष्ट्रिय युवा संघ नेपाल सुनसरीले इनरुवामा विरोध प्रदर्शन गरेको छ ।
वर्तमान सरकारले ल्याएको अध्यादेश खारेजको माग गर्दै राष्ट्रिय युवा संघ नेपाल इनरुवा नगरकमिटिले इनरुवा नगरपालिका परिक्रमा गरी बिभिन्न नाराबाजी समेत गरेका थिए ।
न्याय प्रेमी युवाहरु युवासंघमा,सामाजिक परिर्वतन युवाको काँधमा भन्ने नाराका साथ राजनीतिक अस्थितरता र कुशासनका विरुद्ध युवाहरुले इनरुवा नगर परिक्रमा गर्दै विरोध प्रर्दशन कार्यक्रम इनरुवाको लोकतान्त्रिक चौकमा कोणसभा गरेका थिए ।
नेकपा एमाले सुनसरीका सचिव पर्शराम यादव,राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सचिव देवानन्द मेहता, केन्द्रीय सदस्य पुकार पोखरेल, युवा संघ सुनसरीका रमेश कुमार यादव, रितिक यादव, सरिता कार्की लगायतको विरोध प्रर्दशन कार्यक्रममा सहभागिता रहेको थियो । राष्ट्रिय युवा संघ नेपाल इनरुवा नगर कमिटिको नगर अध्यक्ष प्रताप भटट्राईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।