हरिनगर । सुनसरीको हरिनगर गाउँपालिका–४ को हरिनगरा बजारमा केही दिनका बेवारिसे अवस्था रहेको एक महिलाई क्युआरसी हरिनगरले उद्धार गरेको छ ।
केही दिनदेखी हरिनगरा बजार क्षेत्रमा महिला घुमिरहेकोले खान बस्न समस्या भएकोले क्युआरसी हरिनगरका टोलीले महिलालाई इलाका प्रहरी कार्यालय हरिनगरालाई बेवारिस अवस्थामा रहेको सो महिलालाई जिम्मा लगाएको थियो ।
धनुषा जिल्लाको जनकपुरदेखी दुई किलोमिटर पश्चिम घर भएको ५० वर्षिया निर्मला देवी साह नाम बताउने महिलाले मैथिली भाषाको प्रयोग गर्ने गरेको क्युआरसी हरिनगरले जनाएको छ ।
क्युआरसी हरिनगर र इलाका प्रहरी कार्यालय हरिनगरको संयुक्त सहयोगमा सो महिलालाई माया घर इटहरी बुधवार पठाइएको छ । यसअघि पनि क्युआरसी हरिनगरको टोली सर्वसाधारणहरुका लागि निःशुल्क स्वास्थ्य शिविर, रक्तदान कार्यक्रम लगायतको कार्यक्रमहरु गर्दै आएको र समाजमा परेको समस्यालाई समाधान गर्न क्युआरसी हरिनगर कुनै बेला पनि तयार रहेको स्वास्थ्य संयोजक जयप्रकाश मेहताले जानकारी दिए ।
द्रुत प्रतिकार्य केन्द्र हरिनगरका हरिओम जयसवाल, चन्दन मेहता, अरबिन्द मेहता, जयप्रकाश मेहता, पुष्पा भगतको पहलमा र हरिनगरा बजारका युवाहरु सुभाष देव, मनोज साह, दिपक साह, राजेश मालु, धिरज भगत, रितेश देव, हरिशंकर मालाकार तथा इलाका प्रहरी कार्यालयको सहयोगमा महिलालाई माया घर इटहरीलाई जिम्मा लगाएको थियो ।