गनेश कुमार यादव
इनरुवा । सुनसरी सदरमुकाम इनरुवा सहित आसपासका सर्वसाधारणहरुले सेवा लिन जिल्ला अस्पताल इनरुवा आउने गर्दछन् ।
इनरुवा अस्पतालको मुख्य प्रवेशद्वारको बाटोमा पानी जमेको र खाल्डो भएकाका कारण आवत जावत गर्न समस्या भएको सेवाग्राहीहरु बताउँछन् । अस्पतालको मुख्य गेटमा नै हिलो नै हिलो भएको र खाल्डो भएका कारण सेवाग्राहीहरुलाई आउजाउ गर्न समस्या भएका छन् । एम्बुलेन्सबाट बिरामीहरु लिएर आउजाउ गरेपनि सर्वसाधारणहरुले कष्टकर यात्रा गर्न बाध्य भएका छन् ।
मुख्य गेटदेखी अस्पतालको परिसरसम्म बाटो बिग्रिएको कैयौ दिन बित्दा समेत सम्वन्धित निकायको ध्यान नगएको सेवाग्राही चन्दन मेहताले बताएका छन् । जिल्ला अस्पताल इनरुवाको प्रवेशद्वार देखी अस्पताल परिसर भित्र सम्म सडक जिर्ण भएकोले अस्पतालमा सेवा लिन आउँने सेवाग्राहीहरुलाई आवत जावत गर्न समस्या भएका छन् ।
इनरुवा अस्पतालमा इनरुवा नगरपालिकाका छिमेकी पालिकाहरुबाट पनि सेवा लिन आउने गरेको पाइएको छ । अस्पतालमा राम्रो सेवा सुविधा दिन नसकेको गुनासो आइरहेको बेला अस्तपल गेटको अवस्था नाजुक बनेको छ ।
आखिर जिल्ला अस्पतालमा किन सरोकारवाला निकायको ध्यानाकर्षण हुन सकेको छैन् भन्ने प्रश्न उब्जिन थालेका छन् । अस्पताल जस्तो ठाउँमा बाटोलाई मर्मत सम्भार गर्न किन सकिदैन त ? बाटो राम्रो बनाउ, अस्पताल सुधार गरौ, रेफर केन्द्र नबनाउ, जनतासँग खेलवाड नगरौं, जनतालाई उचित स्वास्थ्य सुविधा दिने व्यवस्था गर्न सबैले पहल गर्न जरुरी रहेको छ ।