टोमराज मेहता
सुनसरी सदरमुकाम इनरुवाका दुई जना हस्ती फरकधारबाट राजनीतिक गर्दै संयोगवश अहिले आएर दुवै जना प्रदेश नं.१को राजनितिक केन्द्रको प्रमुख भएका छन् जुन इनरुवाको इतिहासमा स्मरणीय घटनाको रुपमा रहि रहने छ ।
प्रदेश चुनावमा सुनसरीको निर्वाचन क्षेत्र नं.२ ख बाट इनरुवा जनकेशरी टोलका राजीव कोइराला प्रदेश साँसदमा निर्वाचित भएका थिए भने सुनसरी क्षेत्र नं.१ क बाट इनरुवा मधेशाका भिम आर्चाय निर्वाचित भएका थिए ।
राजीव कोइराला नेपाली काँग्रेस सुनसरीका सभापति समेत हुनु हुन्छ भने भिम आचार्य तत्कालिन नेकपाका केन्द्रिय सदस्य रहेका थिए । प्रदेश सरकारको निर्माण भए पछि नेपाली कांग्रेस सुनसरीका सभापति राजीव कोइरालाले संसदीय दलका नेतामा चयन भयो । नेपाली राजनीतिकमा सफल नेतृत्वकर्ताको रुपमा चिनिन्छ ।
संसद् विघटन भएको बेला नेता कोइरालाको नाम पनि प्रदेश १ को मुख्यमन्त्रीमा चर्चा चलेको थियो तर सम्भव भएन् । सुनसरीमा नेपाली कांग्रेसको गढ बनाउन सफल भएको नेता कोइरालाले नेपाली कांग्रेसको वर्चस्व कायम गर्न सफल रहेको छ । गुटउपगुटलाई नहेरेर नेतृत्व गर्न सक्ने क्षमतावान व्यक्तिहरुलाई टिकट दिलाएर सफल सभापतिको रुपमा उनी चिनिएका छन् ।
लामो समय देखि माधव पक्षमा राजनितिकमा सकृय रहेकै कारण प्रदेश नं.१को मुख्यमन्त्रि बन्ने सवत्र चर्चा रहे पनि ओली गुटका विश्वास पात्र समेत रहेका भोजपुर जिल्लाका शेरधन राई मुख्य मन्त्रि बन्न सफल भएका थिए । नेकपा विभाजन लगतै नेकपामा देखिएको माधव र ओली गुटको राजनितिक खिचातानीको फाइदा उठाउँदै अन्तः ओली गुटबाटै समर्थन पाएर भीम आचार्य प्रदेश १ को मुख्यमन्त्री पदमा नियुक्त भई बिहिवार पदभार ग्रहण गरेका छन् ।
मुख्यमन्त्री आचार्यले पनि पार्टीमा निकै सक्रियताका साथ पार्टीको संगठनलाई बलियो बनाउन सफल रहेकै कारण स्वच्छ छविमा गनिने मुख्यमन्त्री आचार्य इनरुवा नगरपालिका ६ मधेशाका बासिन्दा हुन् । उनको प्रदेश सरकार निर्माण हुने बेलामा मुख्यमन्त्रीको खुबै चर्चा पाएका थिए तथापी गुट उपगुटको प्रतिस्पर्धामा उनि मुख्यमन्त्रीमा केही मतले पराजित भएको थियो । इनरुवा नगरपालिकाबाट दुई जना फरकधारका नेताहरुले प्रदेशको राजनीतिकमा फड्को मार्दै अगाडी बढेको देखिएको छ ।
इनरुवाबाट प्रदेश १ को मुख्यमन्त्रीमा आचार्य र प्रमुख प्रतिपक्ष तथा संसदीय दलका नेता कोइरालाले भूमिका निर्वाह गर्दै गर्दा सुनसरीको विकास कतिको फडको मार्न सकिन्छ हेर्न बाँकी नै छ । बिहिवार नेकपा एमालेबाट प्रदेश १ को मुख्यमन्त्री पदमा सपथ ग्रहण गरेर पदभार सम्हालेपछि सुनसरीको इनरुवाबासी खुशी भएका छन् । को कुन पार्टीको हो ? भन्नु भन्दा पनि इनरुवाबाट मुख्यमन्त्री बनेको चर्चा अहिले सामाजिक सञ्जाल लगायत हरेकको चर्चाको विषय बनेको छ ।
प्रदेश १ का मुख्यमन्त्री इनरुवाकै भएकोले सबैभन्दा बढी यस क्षेत्रका जनताले आशा र भरोसा गरेको पाइएको छ । भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि लगायतका मुख्यमन्त्रीको भूमिका अपरिहार्य हुने विश्वस्त रहेको छु । प्रदेश १ को मुख्यमन्त्री जस्तो गरिमामय पदको जिम्मेवारी सम्हाल्नु भएकोमा वहाँलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।