नेपाली कांग्रेस वराहक्षेत्रका नेता नवराज बस्नेतको पहलमा
स्थानिय प्रकासपुर चौकीलाई अक्सिजन कन्सन्ट्रेटर उपलब्ध भएको छ । ३ लाख मूल्य वरावरको उक्त कन्सट्रेटर शुक्रवसर एक अनौपचारिक कार्यक्रमको आयोजना गरेर नेपाली कांग्रेसका महा- समिति सदस्य बाबुराम बिष्टले स्वास्थ्य चौकीका व्यवस्थापन समिति अध्यक्ष समेत रहेका वराहक्षेत्र वडा नं १० का अध्यक्ष महेन्द्रबहादुर खत्रीलाई हस्तान्तरण गरेका छन् ।
सहज रुपमा स्थानीय क्षेत्रमै सेबाग्रायीहरुलई अक्सिजन उपलब्ध गराउने उदेश्य राखेर पुर्वाञ्चल इन्जिनियरिङ क्याम्पस धरानका नेबिसंघ पुर्व सभापति अशोक बस्नेतको सक्रियतामा हङकङ नेपाली महासंघकाले अक्सिजन कन्सट्रेटर प्राप्त भएको पहलकर्ता नवराज बस्नेतले बताए । उक्त अक्सिजन कन्सन्ट्रेटर प्रति मिनेट १० लिटर उत्पादन गर्ने सक्ने क्षमताको रहेको छ ।
हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाली कांग्रेस महा- समिति सदस्य बावुराम बिष्टले स्थानीयवासीको सेवा तथा सुबिधाकालागि नवराज बस्नेत मार्फत प्राप्त अक्सिजन कन्सन्ट्रेटरले स्थानीयलाई स्वास्थ्य सेबा प्राप्त गर्ने महत्त्वपूर्ण माध्यम रहेको बताए। स्थानीयवासीको चाहना र सेवा सुबिधाकालागि राजनीतिकरण नगरी काम गर्नु पर्नेमा जोड राखेका थिए । भने वडामा १५ सैयाको अस्पताल बनाउन जोड दिन राजनीति दलसंग वडाध्यक्ष महेन्द्रबहादुर खत्रीले आग्रह गरेका थिए ।
हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सदस्यद्बय शंकर बस्नेत , कालुराम चौधरी , महाधिवेशन प्रतिनिधि अनिल राई , महिला संघ वराहक्षेत्र – १० सभापति कमला कट्बाल लगाएको उपस्थिति रहेको थियो । नेपाली कांग्रेस वराहक्षेत्रका सह- सभापति नवराज बस्नेत मार्फत २ वटा आएको अक्सिजन कन्सन्ट्रेटर अर्को एउटा वडा नं ९ को स्वास्थ्य संस्थामा उपलब्ध गराईनेछ ।