इनरुवा । ईलाका प्रहरी कार्यालय देवानगन्ज पुरानो भवनवाट नव निर्मित भवनमा सरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । १ नं. प्रदेश सरकारको वजेटवाट उक्त ई.प्र.का.को भवन निर्माण भएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीले हिजो देखि इलाका प्रहरी कार्यालय,देवानगंजको प्रमुखमा प्रहरी निरीक्षक वद्री दाहाललाई काजमा
खटाईको छ ।
जिल्लाको दक्षिणी भु–भागमा सिनियर प्रहरी अधिकृत प्रमुख भएको यो नै पहिलो युनिट हो । प्रहरी निरीक्षक कार्यालय प्रमुख खटाईएवाट उक्त क्षेत्रको शान्ति सुरक्षाको अवस्था थप मजवुद हुनेछ भने सर्वसाधरणले पाउने प्रहरी सेवामा समेत थप सहजता आउनेछ भन्ने विश्वास गरिएको छ ।इप्रका देवानगन्जका प्रमुख बद्री दाहालले यस भेगका समस्या र चुनौतिहरुको रोकथाम , नियन्त्रण र समाधानका लागि थप १० जना प्रहरी जनशक्ति पठाइएको सुरसेर दैनिकलाई जानकारी दिए ।
नेपाल भारत सिमासँग जोडिएको देवानगन्ज गाउँपालिकाका लागि चोरी डकैती, लागुऔषध कारोबार, तस्करी लगायत अवैध धन्धा चुनौतिको रुपमा रहेकाले यसलाई नियन्त्रण गर्न इलाका
प्रहरी कार्यालय देवागन्जमा प्रहरी निरीक्षकको कमाण्डमा थप जनशक्ति बढेकाले सहयोग पुग्ने देवानगन्ज गाउँपालिकाका अध्यक्ष लालि प्रसाद मेहताले सुरसेर दैनिकलाई बताए ।
हरिनगरमा बाल दिवसको अवसरमा चारली च्याप्लीनको अभिनय देख्न पाइने
सुकदेब चौधरी इनरुवा । बाल दिवसको अवसरमा सुनसरीमा पहिलो पल्ट मौन कलाकारीताबाट विश्वलाई हसाउने चारली च्यापलीनको अभिनय देख्न पाइने भएको...