Thursday, October 1, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home विश्व

अफगानिस्तान: अमेरिकाका शीर्ष सैन्य जनरलले तालिबानलाई भने-‘निर्दयी समूह’

सुनसरी अनलाइन by सुनसरी अनलाइन
भदौ १७, २०७८
in विश्व
अफगानिस्तान: अमेरिकाका शीर्ष सैन्य जनरलले तालिबानलाई भने-‘निर्दयी समूह’
48
SHARES
Share on FacebookShare on Twitter

अमेरिकाका शीर्ष सैन्य जनरल मार्क मिलीले तालिबानलाई “निर्दयी समूह” भन्दै उनीहरू परिवर्तन हुन्छन् कि हुँदैनन् स्पष्ट नभएको बताएका छन्।

यद्यपि भविष्यमा आतङ्कवाद विरुद्धको लडाइँमा उक्त इस्लामिक समूहसँग अमेरिकाले समन्वय गर्नसक्ने “सम्भावना रहेको” उनको भनाइ छ।

तालिबानलाई सत्ताच्यूत गर्नेगरी सुरु गरेको युद्ध समाप्त गर्दै अमेरिकाले मङ्गलवार अफगानिस्तानबाट पूर्ण रूपमा आफ्नो सेना फिर्ता गरेको हो।

यो सँगै अमेरिकाको सबैभन्दा लामो २० वर्षे अफगान युद्ध समाप्त भएको छ।

अफगानिस्तानमा अहिले तालिबानको नियन्त्रण छ र उसले नयाँ सरकार घोषणा गर्ने ठानिएको छ।

अमेरिकी फौजको अन्तिम टुकडीले अफगानिस्तान छाडेपछि जनरल मिलीले अमेरिकी रक्षामन्त्री लोयड अस्टिन सँगसँगै पहिलोपटक सार्वजनिक टिप्पणी गरेका हुन्।

अचानक अमेरिकी फौज फिर्ता गर्ने निर्णयलाई लिएर अमेरिकी राष्ट्रपति जो बाइडनले देशभित्र र अमेरिकी साझेदार राष्ट्रबाट व्यापक आलोचना खेप्नु परेको छ।

मार्क मिली

उक्त निर्णयका कारण अमेरिकी फौजले वर्षौँ तालिम दिएको र ठूलो धनराशि खर्चेको अफगान सुरक्षा फौजको अस्वाभाविक रूपमा पतन भएको थियो।

तालिबानको नियन्त्रणमा भएको तीव्र बिस्तारले हजारौँ विदेशी नागरिक र उनीहरूका लागि काम गर्ने अफगानहरूको हतारहतार उद्धार गर्नुपरेको थियो।

बुधवारको पत्रकार सम्मेलनमा जनरल मिली र रक्षामन्त्री अस्टिन दुवैले अफगानिस्तानमा काम गरेका र उक्त व्यापक उद्धारमा खटिएका सैनिकहरूको प्रशंसा गरे।

उद्धार गरिएका व्यक्तिहरूलाई विमानस्थलसम्म ल्याउने क्रममा तालिबानसँग गरिएको समन्वयबारे सोधिएको प्रश्नमा अस्टिनले भने, “हामीले तालिबानसँग एकदमै थोरै विषयमा मात्र काम गरेका थियौँ र त्यो भनेको सकेसम्म धेरै मानिसलाई र हामीले सक्नेजतिलाई बाहिर निकाल्नु थियो।”

जनरल मिलीले त्यसमा थप्दै भने, “युद्धमा तपाईँले साँच्चै नै गर्नु चाहनु भएको कुरा हैन कि अभियान र फौजलाई पुग्ने क्षति कम गर्न सकिने जति काम गर्नुपर्छ।”

उनले भविष्यमा इस्लामिक स्टेटसँग आबद्ध आईएस-के विरुद्धको अभियानमा तालिबानसँग अमेरिकाले समन्वय गर्नसक्ने सङ्केत गरे।

  • ओसामा बिन लादेनका सहयोगी अफगानिस्तान फर्किएको आशङ्का
  • अमेरिकी सेनाले अफगानिस्तानमा कस्ता विमान र उपकरण छोड्यो
line

उक्त समूहले गत साता काबुल विमानस्थल बाहिर भएको आत्मघाती हमलाको जिम्मा लिएको थियो।

त्यसमा १३ अमेरिकी सैनिकहरू सहित १७० जनाको ज्यान गएको थियो।

तर त्यसै समय रक्षामन्त्री अस्टिनले चाहिँ भविष्यमा हुनसक्ने साझेदारीबारे “आफूले कुनै पनि भविष्यवाणी गर्न नचाहेको” बताएका थिए।

अफगानिस्तान छाड्न चाहने कुल एक लाख २३ हजार भन्दा बढी मानिसहरूलाई उद्धार गरिएको बताइएको छ।

अमेरिकाले अझै अफगानिस्तानमा १०० देखि २०० अमेरिकीहरू रहेको अनुमान गरेको छ। श्रोत : www.bbc.com

Share19Tweet12SendScan
Previous Post

भरतपुर अस्पतालमा धमाधम जोर्नी प्रत्यारोपण गरिँदै

Next Post

इप्रका देवानगञ्ज नयाँ भवनमा स्थानान्तरण

Related Posts

प्रसिद्ध गायिका लता मंगेशकरको निधन
मनाेरञ्जन

प्रसिद्ध गायिका लता मंगेशकरको निधन

by सुनसरी अनलाइन
माघ २३, २०७८
0

भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको निधन भएको छ । मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा आज बिहान उनको निधन भएको हो ।...

सहारा मरुभूमिमा हिमपात परेपछि विश्व चकित
विश्व

सहारा मरुभूमिमा हिमपात परेपछि विश्व चकित

by सुनसरी अनलाइन
माघ १२, २०७८
0

विश्वका चर्चित मरुभूमिमध्ये एक सहारा मरुभूमिमा विगत ३ दिन देखि हिमपात भइरहेको छ । यो मरुभूमिमा भएको हिमपातले विश्व जगत...

बंगलादेशमा यात्रु बोकेको पानीजहाजमा आगलागी हुँदा ३२ जनाको मृत्यु

बंगलादेशमा यात्रु बोकेको पानीजहाजमा आगलागी हुँदा ३२ जनाको मृत्यु

पुस ९, २०७८
मलेसियामा बाढी : १७ को मृत्यु, ७० हजार जना विस्थापित

मलेसियामा बाढी : १७ को मृत्यु, ७० हजार जना विस्थापित

पुस ७, २०७८
विद्यार्थी नेता बने चिलीको राष्ट्रपति

विद्यार्थी नेता बने चिलीको राष्ट्रपति

पुस ५, २०७८
बेलायतमा पहिलो पटक ओमिक्रोन संक्रमितको मृत्यु

बेलायतमा पहिलो पटक ओमिक्रोन संक्रमितको मृत्यु

मंसिर २७, २०७८
Next Post
इप्रका देवानगञ्ज नयाँ भवनमा स्थानान्तरण

इप्रका देवानगञ्ज नयाँ भवनमा स्थानान्तरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बिहि, अशोज १५, २०८३
Thu, October 1, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In