इनरुवा । सुनसरीकोे इनरुवा सहित तराई क्षेत्रमा आज चौरचन पर्व मनाउँदै छ ।
इनरुवा सहित तराई क्षेत्रमा आज मधेसी समुदायका महिलाहरुले बिधिपुर्वक बिहानै गाईको गोबरले आँगल लिपेर र एउटा बेग्ले चुलो बनाएर चौरचन पुजाको लागि प्रसाद तयार पार्दछन् । हिन्दु धर्मावलम्बीहरुले चौरचन पर्वलाई विशेष महत्वको साथ मनाउँने गर्दछन् ।
महिलाहरुले नुहाएर पुडी,खिर,मिठाई आदी प्रसाद तयार पार्छन् र बिच आँगनमा गाईको गोवर र रातो माटोले चौका लगाएर माटोको भाँडामा दुध,दही,खिर,चिनी,र केराको पातमा पुडी,केरा स्याउ,भोगटे आदी फलफुल राखेर चंद्रमा लाई अर्घ दिन्छन् ।
अर्घ दिंदा चौकामा राखिएका माटोका भांडा र फलफुलहरु एक जनाले बर्तालुको हातमा दिन्छन् र बर्तालुले ति माटोका भांडा र फलफुलहरु चँद्रमालाई पाँच चोटी चँद्रमा तिर फर्केर आत उठाउँछन् र पुनः ति सामानहरु चौकामा राख्छन् ।
अर्घ दिसकेपछी घरको सबैजना सदस्यहरुले आएर चौकामा ढोक्छन् र पाँच जना पूरुषले त्यो चौकामा बसेर केराको पातमा चौरचनलाई चढाएको प्रसाद खान्छन् ।
प्रसाद खाईसकेपछी पाँचै जनाले त्यो चौकामा खाल्टो खनेर बाँकिरहेको प्रसादहरु माटोमा गाडिदिन्छन् । सुर्य अस्ताउनुभन्दा अघि नै चन्द्रलाई देखेर अर्घ दिने र पुजा गर्ने चलन रहेको छ ।