टोमराज मेहता
इनरुवा । कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कोशी टप्पु वन्यजन्तु आरक्षलाई पर्यटकीय विकास र समृद्धिका लागि अगाडी बढ्ने बताएका छन् ।
कोशी टप्पु वन्यजन्तु आरक्ष कोशी–३ मा राष्ट्रिय प्रकृति संरक्षण कोष कोशी संरक्षण केन्द्रको उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री कार्कीले यस्तो बताएका हुन् ।
सुनसरी क्षेत्र नम्बर–४ को प्रतिनिधि सभा सदस्य समेत रहेका मन्त्री कार्कीले २०३२ सालदेखी हालसम्म कोशी टप्पु वन्यजन्तु आरक्षको जंगली जनावरको आक्रमण लगायतको समस्याबाट पीडित हुँदै गरेकोले अब त्यो समस्यालाई न्युनीकरण गर्नका लागि आपूm प्रयास सुरु गरेको बताए । कोशी टप्पु वन्यजन्तु आरक्षलाई समस्याको रुपमा होइन्, उनले भने, आरक्षलाई समृद्धिको अधारको रुपमा स्थापित गर्न लागि परेको छु ।
यो बाटोमा सबैले आ–आफनो जिम्मेवारी बोधका साथ कोशी टप्पुको विकास र समृद्धिका लागि अघि बढ्न जरुरी रहेको छ । कोशीका जनताले उठाएको मागलाई सम्वोधन गर्न आफु प्रयासरत रहेको मन्त्री कार्कीले बताए । उनले भने, कोशी टप्पुको समस्यालाई भाषण र दस्तावेजमा होइन् , अगामी दिनमा अनुभुत गर्ने किसिमले पर्यटकीय विकासका रुपमा यसलाई अगाडी बढाउने काममा लाग्ने छु ।
सुनसरीको क्षेत्र नम्बर–४ को विकासको लागि कुनै दलको विकास होइन्, आमजनताको विकास हुन्छ–उनले भने, आमजनताको विकासका निम्ति सबैले राजनीती भन्दा माथि उठेर सोच्न जरुरी रहेको छ । यो क्षेत्रबाट सोच्ने परिपाटीको निर्माण र संस्कृतिको विकास आवश्यक रहेको छ ।
आरक्षलाई निकुञ्जमा परिर्वतन गर्न लागि परेको उनले बताए । मानव र जनावरबीचको द्धन्द्धलाई न्युनिकरण गर्नका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष कोशी संरक्षण केन्द्रको कार्यालय उद्घाटन गरेकोले हाती र अर्ना लगायतका लागि रेस्क्यु टिम राखेर समस्या समाधान गर्न लागि परेको समेत बताए ।
प्रकृतिको हामी उपज भएकाले मकुना हातीलाई संरक्षण र सम्वद्र्धन गर्न आवश्यक रहेको मन्त्री कार्कीले बताउँदै मकुना हातीलाई व्यवस्थापन गर्नका लागि मन्त्रालयका सचिवलाई निर्देशन समेत उनले दिएका छन् ।
कोशी टप्पु वनजन्तु आरक्षलाई देशबिदेशमा प्रचार प्रसार गरेर पयर्टकीयहरुलाई भित्राउने सकेमात्र यस क्षेत्रका जनताले आयआजर्नबाट आएको रकमबाट समाजलाई समृद्ध बनाउन सहयोग पुग्छ उनले भने ।
राष्ट्रिय प्रकृति संरक्षण कोष कोशी संरक्षण केन्द्रको कार्यालय स्थापनाले यस क्षेत्रको विकासका लागि र अगामी दिनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने समेत मन्त्री कार्कीको भनाई छ ।
जनताको आंकक्षालाई पुरा गर्ने सदैव अग्रसर रहेकोले निर्वाचन सम्पन्न भएको चारवर्ष बित्नलाग्दा आपूmले विकासको गतिलाई अघि सारेको र श्रीलंका टप्पुमा ४५ वर्षपछि बिजुली व्यवस्था गरेको समेत उनले बताए ।
यसैगरी वन तथा वातावरण मन्त्रालयका सचिव डा. प्रेम नारायण कडेलले कोशी टप्पुमा मानव र जनावरबीचको द्धन्द्धको समस्यलाई न्युनीकरण गर्नका लागि पहल सुरु भएको बताए । मानव र जनावरबीचको द्धन्द्धलाई समाधान गरी संस्थागत विकास गर्नतर्फ सबै अग्रसर हुन आवश्यक रहेको उनले बताए । जनताको आवाजलाई सम्वोधन हुने गरी रेस्क्यु केन्द्रको स्थापनाले यस क्षेत्रको जनतालाई सहयोग मिल्ने समेत उनले बताए । आरक्षमा रहेको माकुना हातीको समस्यालाई समाधान गर्ने कार्ययोजना बनाई दुईहप्ताभित्र कार्य सम्पन्न हुने विश्वास समेत उनले व्यक्त गरे ।
यसैगरी वनजन्तु संरक्षण विभागका महानिर्देशक डा.दिपक कुमार खरालले कोशी टप्पु वनजन्तु आरक्षको समस्यालाई चिन्ता र चासो गर्दै पुनः आरक्षको योजना बनाउन, अध्ययन र अनुसन्धान गर्न आएको बताए । कोशी संरक्षण केन्द्रको स्थापना र भावी योजना रणनीति बनाएर केही दिनमा मन्त्रालयमा पेश गर्ने समेत उनले बताए । भदौं ९ गते कोशीका जनताको समस्या बुझन आएको २० दिनपछि पुनः आएकोले आरक्षबाट उतपन्न हुने समस्यालाई न्युनीकरण गर्न प्रकृति संरक्षण केन्द्रबाट सहयोग पुग्ने समेत उनले बताए ।
यसैगरी कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले आरक्षको समस्या र जनताको गुनासोबारे स्पष्ट पारेका थिए । कोशी टप्पुमा ट्रेन्च निर्माण गर्नुपर्नेमा जोड दिदै योजना बनाएर कार्यान्वयन गर्न अनुरोध समेत उनले गरे । जंगली जनावरको आक्रमणबाट घाइते, मृत्यु भएका परिवारबाट कोशी टप्पु वनजन्तु आरक्षमा योग्यता र क्षमता अनुसार रोजगारको अवसर सिर्जना गर्नुपर्ने उनले जोड दिएका थिए ।
राष्ट्रिय प्रकृति संरक्षण कोषका केन्द्रीय अध्यक्ष कृष्ण प्रसाद ओलीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बराहक्षेत्र नगरपालिकाका प्रमुख निलम खनाल, हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी, सुनसरी प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, डीआइजी अरुण कुमार बिसी, सुनसरी प्रहरी प्रमुख संजयसिंह थापा लगायतको सहभागिता रहेको थियो ।