Tuesday, September 29, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

नेपाली कांग्रेसलाई देशकै शक्तिशाली पार्टी बनाउन आवश्यक छ : मन्त्री कार्की

सुनसरीमा सहमतिमा नेतृत्व चयन गर्न सुझाव, वडासभापति लगायत सात सय एक नवनिर्वाचित प्रतिनिधि सम्मानित

सुनसरी अनलाइन by सुनसरी अनलाइन
अशोज ३, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
नेपाली कांग्रेसलाई देशकै शक्तिशाली पार्टी बनाउन आवश्यक छ : मन्त्री कार्की
54
SHARES
Share on FacebookShare on Twitter

टोमराज मेहता
इनरुवा । कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अगामी दिनमा नेपाली कांग्रेस पार्टीलाई देशकै लोकप्रिय र शक्तिशाली पार्टी बनाउन आवश्यक रहेको बताएका छन् । सुनसरीको कोशी गाउँपालिका–१ लौकहीमा स्वागत तथा सम्मान कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री कार्कीले यस्तो बताएका हुन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सुनसरी क्षेत्र नम्बर–४ का प्रतिनिधि सभा सदस्य समेत रहेका मन्त्री कार्कीले अगामी दिनमा कांग्रेस पार्टीलाई व्यवस्थित बनाएर सबै जातजाति, धर्म संस्कृतीलाई उचित सम्मान गर्दै अगामी निर्वाचनबाट देशकै शक्तिशाली र ठूलो पार्टी बनाउन आवश्यक रहेको बताए ।

कांग्रेसमा सबैलाई मिलाएर अगाडी बढाउन सकेमात्र कांग्रेस पार्टी प्रभावकारी हुन सक्ने उनले तर्क गर्दै कांग्रेस बहुजातिय, बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषिकको पार्टी भएकोले अगामी दिनको निर्वाचनबाट सबैको सहयोगमा शक्तिशाली पार्टी बनाउन जिम्मेवारी आएको समेत मन्त्री कार्कीले बताए ।

स्वागत तथा सम्मान कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मन्त्री कार्कीले देशकै शक्तिशाली पार्टी बनाएर जनताको विकास गर्ने अभिलाषा पुरा हुने समेत बताए । नेपाली कांग्रेसलाई देशकै ठूलो र शक्तिशाली पार्टी बनाउनका लागि सुनसरी कांग्रेसले उदाहरणीय काम गर्न आवश्यक रहेको मन्त्री कार्कीको भनाई छ ।

सुनसरी क्षेत्र नम्बर–४ बाट प्रतिनिधि सभाको सदस्यमा निर्वाचित भएकोले पहिलो प्राथमिकतामा राखेर विकास लगायतको गतिविधिमा एउटा इट्टा थपेर भएपनि नमुना कार्य गर्ने र अगामी दिनमा पनि जनताको भरोसालाई कायम गर्दै अगाडी बढने प्रतिवद्धता समेत उनले व्यक्त गरे ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा नेतृत्व चयन गर्नका लागि तेरो र मेरो नगर्ने प्रतिवद्धता सहित सक्षम र योग्य व्यक्तिलाई सहमतिमा नेतृत्व चयन गर्न सबैलाई आग्रह गरे ।

उनले भने, ‘नेपाली कांग्रेस पार्टीको आवश्यकता र चुनौतीलाई सामना गर्ने व्यक्तिलाई नेतृत्वको अवसर दिनुपर्छ ।’ अहिले गलत नेतृत्व दिएर अगामी निर्वाचनको बेला पछुतो गर्नुको साटोे बिचार बिमर्श गरेर सहमितमा नेतृत्व चयन गर्न आवश्यक छ ।
कांग्रेसका थपिएको उत्साहलाई कायम गरेर अघि बढनुपर्ने उनले बताए । कांग्रेसको १४ औं महाधिवेशनबाट उत्पन्न हुने मनमुटावले अगामी स्थानीय निर्वाचनमा प्रभाव पार्ने भएको हुदाँ वडास्तरबाटै मेलमिलाप र सहमतिमा नेतृत्व चयन गरेर कांग्रेसको नाम उच्च राख्न सबैलाई उनले अनुरोध समेत गरे ।

फरक प्रसंगमा मन्त्री कार्कीले चैत महिना सम्म कोभिडको भ्याकसिन सबै नेपालीलाई लगाई सक्ने बताए । वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्व सरकारले सबै नेपालीहरुलाई कोभिड–१९ विरुद्धको भ्याक्सीन चैत महिनासम्ममा लगाई सक्ने समेत उनले बताए ।

नेपाली कांग्रेस सुनसरीका सभापति एवं प्रदेश–१ का संसदीय दलका नेता राजीव कोइरालाले कांग्रेसको १४ औं महाधिवेशनको वडा अधिवेशनमा सुनसरीमा ८० वडामा सहमित र बाँकी रहेको वडामा निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन भएको बताए । पालिका, नगर, प्रदेश, संघीय र जिल्लाको अधिवेशनमा सहमतिमै नेतृत्व चयन गर्न आवश्यक रहेको उनले बताए । स्वागत तथा सम्मान कार्यक्रमका विशिष्ट अतिथि समेत रहेका कोइरालाले सबै तहमा नेतृत्व चयन गर्नका लागि सबैजना एकजुट भएर महाधिवेशन सम्पन्न गनै सबै दायित्व भएको उनले बताए । कांग्रेस सुनसरीको दुई कार्यकाल सफल नेतत्व भूमिका निर्वाह गरेका कोइरालाले भने, अब डेट एकस्पायर भएको छु ।

अगामी नेतृत्व गर्ने व्यक्तिहरुले डेट एक्स्पायरको कुरा कसलै सुन्ने भन्ने प्रश्न पनि उनले गरेका थिए । आउँदो असोज ९ गते हुने पालिका अधिवेशनमा आफनो सकारात्मक भूमिका रहने समेत उनले प्रतिवद्धता व्यक्त गरे ।
इनरुवा नगरपालिकाका नगरप्रमुख राजन मेहताले जिल्लाका नेताहरुले अधिवेशनमा देखिएको समस्यालाई समाधान गर्न भूमिका निर्वाह गर्न आवश्यक रहेको बताएका छन् । कोशी गाउँपालिकामा आयोजित स्वागत तथा सम्मान कार्यक्रमलाई सम्वोधन गर्दै नगरप्रमुख मेहताले अगामी पालिकाको अधिवेशन लगायतमा सहमतिको प्रयास नगरे स्थानीय तहको निर्वाचनमा समस्या हुनेलाई मध्यनजर गर्दैै अहिलेदेखी नै कसरत सुरु गर्ने बताए ।

सो अवसरमा ६ सय उनान्सत्तरीजना क्षेत्रीय प्रतिनिधि र ३२ जना वडा सभापति समेत गरी जम्मा सात सय १ जना प्रतिनिधिहरुलाई मन्त्री कार्कीले सम्मान गरेका थिए । उनीहरुलाई दोसल्ला ओढाएर सम्मानित गरिएको थियो ।

उक्त कार्यक्रम कोशी गाउँपालिकाका अध्यक्ष एवं क्षेत्र नं. ४ का सभापति ऐयुव अन्सारकिो अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रम क्षेत्र नं. ४ का क्षेत्रीय सचिव राजेन्द्र प्रसाद मेहता र हजरत हुसैनले उद्घोषण एवं व्यवस्थापनको जिम्मेवार िसम्हालेका थिए ।

Tags: कांग्रेसका थपिएको उत्साहकानुन न्याय तथा संसदीय मामिला मन्त्री
Share22Tweet14SendScan
Previous Post

इनरुवा प्याब्सनको नगर अध्यक्षमा गुरागाई

Next Post

ओडेगार्डको फ्रिकिकमा आर्सनलको दोस्रो जीत

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
ओडेगार्डको फ्रिकिकमा आर्सनलको दोस्रो जीत

ओडेगार्डको फ्रिकिकमा आर्सनलको दोस्रो जीत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In