मोटरहेडद्धारा टेक्कन आर २५० सार्वजनिक, सुरुवाती मूल्य ४ लाख ५ हजार

नेपालमा मोटरहेडको आधिकारीक विक्रेता एसएलआर टेक्नो एण्ड ट्रेड प्रा. लीले सोहि कम्पनीको टेक्कन आर २५० नेपाली बजारमा सार्वजनीक गरेको छ । एसजी समूहको एक सहायक कम्पनीको रुपमा रहेको यस कम्पनीले यो बाइक नेपाली बाजारको लागि नौलो भएको प्रक्रिया दिएको छ । नेपाली बजारमा यो मोटरबाइक शुक्रबार सार्वजनीक गरिएको हो । यसको सुरुवाती मुल्य ४ लाख ५ हजार रहेको कम्पनीले जानकारी दिएको छ । तर यो आफर सिमित समयको लागि मात्रै रहने कम्पनीले बताएको छ ।

यो मोटरबाइक नेपालमा आफरोड राडको लागि उत्कृष्ट हुने कम्पनीले दाबी गरेको छ । सुरुवातमा कम्पनीले दुई आर्कषक रंग र ग्राफिक्समा बाइक सार्वजनीक गरको छ । २२३ सिसि भेरियन्टको यो बाइकको अधिकतम पावर १२ दशमलव ५ किलोवाट र टर्क १७ एनएम रहेको कम्पनीले जनाएको छ ।

यो बाइकमा सुधार गरिएको सिलिन्डर र पिस्टनलाई प्रयोग गरिएको छ । १४ लिटर फ्युल ट्यांक क्षमता भएको टेक्कन आर २५० मा कडा चेसिस÷फ्रेम, शानदार ग्राफिक्स, स्टाइलिस हेडलाइट, स्लिक सेप इन्डिकेटर, इन्बिल्ट इन्जिन लेग गार्ड, डबल डिस्क ब्रेक र आरामदायी सिट उपलब्ध गराइएको छ । जसका कारण नेपाली युवा राइडरमाझ यसले छिट्टै प्रभाव पार्न सक्ने विश्वास कम्पनीको रहेको छ ।

यो कम्पनीले विगत ५ वर्षदेखि नेपाली बजारमा मोटरहेडका डर्ट, क्रसओभर र स्क्र्याम्बलर सेग्मेन्ट उपलब्ध गराएर प्रयोगतकर्ताको मन जित्दै आएको छ । यी बाइक नेपालको सबै भूगोलका लागि उपयुक्त हुनुको साथै यसको फराकिलो र ठूलो टायर, उच्च ग्राउन्ड क्लियरेन्स, उच्चतम पर्फमेन्स र आरामदायी फिचर्सका कारण युवा राइडरमाझ लोकप्रिय बन्दै गएको कम्पनीका महाप्रबन्धक उज्वल जोशीले बताए । मोटरहेड विश्वमै परिचित चिनियाँ ब्रान्डको अफरोड बाइक हो । नेपाली बजारमा प्रभाव जमाउन सफल यो ब्रान्डको हाल देशभर बिक्री र बिक्री पछिको सेवा बिस्तार भैरहेको छ । देशका बिभिन्न १४ स्थानमा डिलर आउटलेट विस्तार गरेको कम्पनीले आगामी दिनमा बिक्री र बिक्री पछिको सेवालाई थप विस्तार गर्दै जाने योजना बनाएको छ ।

 

Related Posts

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी । साउन १० गते सुनसरीको कप्तानगञ्जमा तीन जनाको ज्यान जाने गरी भएको घटनापछि कोशी र मधेस प्रदेशमा भएको हिंसाको...

Next Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.