जुगेश दास
देवानगंज । नेपाली काँग्रेसको १४ औं महाधिवेशन तालिका अनुसार भएको गाउँपालिका अधिवेशनबाट देवानगञ्ज गाउँपालिका सभापतिको पदमा जगधर यादव भारी मतले बिजयी भएका छन् । सभापति पदमा जगधर यादवले कुल १ सय १३ मत ल्याएर बिजयी भएका हुन् । उनका प्रतिद्वन्दि सुरेन्द्र यादवले जम्मा ६० मत ल्याएर पराजित भएका हुन् ।
त्यसैगरि उपसभापति पदमा गंगाप्रसाद यादव तथा रामचरण मेहताले निर्वाचित भएको हो। गंगाप्रसाद यादवले १ सय १९ मत र रामचरण मेहताले १ सय १२ मत प्राप्त गरेका हुन् । यादव तथा मेहताका प्रतिद्वन्दि वासुदेव मेहता ४५, सिताराम शाह ४३ मत ल्याएर पराजित भएका हुन् । निर्वाचनबाट सचिब पदमा किसुनदेव मेहता तथा सुर्यनरायण यादव निर्वाचित भएका हुन । किसुनदेव मेहताले १ सय १४ मत प्राप्त गरेका छन भने सुर्यनरायण यादवले १ सय ११ मत प्राप्त गरि निर्वाचित भएका हुन ।
त्यसैगरी सह–सचिवमा बिमल कुमार यादव तथा बिरेन्द्र सुतिहारले निर्वाचित भएको हो । बिमल कुमार यादवले १ सय ३ तथा बिरेन्द्र सुतिहारले १ सय १३ मत ल्याएर बिजयी भएको मतदान अधिकृतले जनाएको छ । यादव र सुतिहारको प्रतिद्वन्दी गंगा कमलेश्वरी यादबले ४५ र बिमल कुमार यादवले ५४ मत ल्याएर पराजित भएका थिए । जगधर यादव कोइराला निकट हुन् । देवानगंजमा सहमतिमा नेतृत्व चयन हुन नसकेपछि निर्वाचन प्रक्रियाबाट जगधर यादव भारी मतले बिजयी भएका हुन् ।
नेपाली कांग्रेसका नवनिर्वाचित सभापति यादवदे पार्टीको संगठनलाई बलियो बनाउने र स्थानीय तहको निर्वाचनमा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष सहित सबै वडामा जनप्रतिनिधि कांग्रेसको बिजयी गराउने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । उनले वडा सभापति, क्षेत्र प्रतिनिधि र निर्वाचनमा प्रत्यक्ष र अप्रत्यक्षमा रुपमा सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिएका छन् ।