लौकही । सुनसरीको कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले कोशीको लौकहीमा कोल्ड स्टोर निर्माणका लागि शहरी विकास मन्त्रालयमा योजना पेश गरेका छन् ।
कोशी गाउँपालिकाको लौकहीमा किसानहरुका लागि कोल्डस्टोर निर्माणका लागि शहरी विकास मन्त्रालयमा योजना पेश गरेको कोशीका अध्यक्ष अन्सारीले बताए ।
कोशीका अध्यक्ष अन्सारीले योजना लिएर शहरी विकास मन्त्रालयमा योजना पेश गरेको हुदाँ केही दिनमा बजेट बिनियोजन गरी लौकहीका किसानहरुका लागि सुविधा समपन्न कोल्डस्टोर भवन निर्माण हुने बताइएको छ ।
कोशी गाउँपालिकामा ठुलो कोल्डस्टोर नभएकोले योजना लिएर काठमाण्डौं पुगेका कोशीका अध्यक्ष अन्सारी सहितको टोलीले शहरी विकास मन्त्रालयमा योजना पेश गरेकोले कोल्डस्टोर निर्माण हुनेमा कुनै शंका नरहेको अध्यक्ष अन्सारीको भनाई छ ।
यसैगरी हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी सहितको टोली पनि योजना लिएर काठमाण्डौ पुगेको छ । हरिनगर गाउँपालिका र भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयको साझेदारीमा हरिनगरको सडकका लागि योजना पेश भएको छ ।
हरिनगरको रामनगर भुटाहादेखी बसन्तपुर हुदैँ घुस्की जाने बाटोमा नाला सहित कालोपत्रे सडकका लागि बुधवार भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयमा योजना पेश गरेको हरिनगरका अध्यक्ष अन्सारीले बताएका छन् ।
हरिनगर र कोशीमा बिभिन्न योजनाहरु पार्नका लागि उनीहरु काठमाण्डौंको बिभिन्न मन्त्रालयमा योजना पेशसँगै मन्त्रालयका सचिवसँग सल्लाह र परामर्श हरिनगर र कोशीका अध्यक्षका टोलीले लिने गरेको छ । कोशीका अध्यक्ष ऐयुब अन्सारी र हरिनगरका अध्यक्ष गफार अन्सारीको टोली अझै दुई दिन काठमाडौमा रही योजनाहरु स्वीकृत गरेर सुनसरी फर्किने कार्यक्रम रहेको छ ।